दमौली ,तनहुँ
तनहुँको सत्र सय फाँट माथि रहेको आधिमुल केही बर्ष देखी धार्मिकपर्यटकको गन्तब्य बन्दै गएको छ।
माछालाई देवताको रुपमा पुज्दै आएको उत्त क्षेत्रमा सवारी साधान तथा ब्यवस्थित बन भोज खाने ठाउँ बने संगै धार्मिक पर्यटकको गन्तब्य बन्दै आएको हो। आँधिबाराही देवता रहेको उक्त स्थलमा हिन्दु धर्मालम्बीहरुले पशुपंक्षिलाई बलि दिने र बन भोज खान उपयुत्त स्थलको रुपमा प्रयोग हुदै आएको छ। पछिल्लो समय सत्र सब देखी सो स्थल सम्म पुग्ने सड्कमा सुधार आए संगै दैनिक जसो धार्मिक तथा मनोरञ्जन लिन जानेहरुको संख्यामा समेत वृद्धि भएको छ ।
अग्लो चुन पहरा बिचबाट लगातार आउने पानी नै यसको बिशेषता हो । यहाँ सम्म पुग्ने जो कोही पनि रमाइलो मानेरै फर्कने गर्दछ। आँधीमूलमा दर्शन तथा भाकल गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ । उक्त मन्दिरमा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, लमजुङलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन्।
आँधीमूल देवीको मन्दिरमा परेवा चढाउने, बोका र कुखुरा बलि बादिने चलन छ। पृथ्वीराजमार्गको सत्रसयफाँटदेखि करिब साढे दुई किलोमिटर दूरीमा आँधीमूल मन्दिर पर्दछ। आँबुखैरेनी गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रूपमा आँधीमूल मन्दिर परिचित रहेको छ।
