पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फर्किएकी छन्। दश दिन लामो चिन भ्रमणबाट आज भण्डारी स्वदेश फर्किएकी हुन् ।

भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता पनि भएको एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले बताए ।

चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायत शीर्ष तहको भेट भएको उनले बताए ।

भ्रमणले नेपाल चीनको लामो समयदेखिको मित्रलाई सुदृढ गर्ने र दुई देशबीचका सम्झौताहरू पुनर्ताजकी गरेको बताए । उनले भ्रमण उपलब्धिमूलक भएको बताए ।- नेपाल प्रेस