सुनको भाउ आज पनि बढ्यो

दमौली,तनहुँ,
११ ,जेठ २०८२ आइतवार।

। नेपाली बजारमा आज ९आइतबार० पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ तनहुँका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ थियो ।यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो ।