१६ हजार भन्दा बडी बिदेशी पर्यटक नेपाल भित्रीए १६ हजार भन्दा बढी बिदेशी पर्यटक नेपाल भित्रीए

उथलपुथल संचार

काठमाडौ, नेपाल  २३ बैशाख २०८२ मंग्लवार

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका का छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार करिब ४०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ। कोरोनाकोरोना अपामार्गपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए।

सन २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ुहामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व(महामारी स्तरमा पुगेका छौं, यसले बलियो ुरिकभरीु र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछु, बोर्डले उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । ुयो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण होु, उनले भने । बोर्डको विवरणमा वर्षको चार महिना ९जनवरी( अप्रिल० को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख । २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए।