टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा

काठमाडौं । प्रिमियर लिगमा सोमबार राती भएको खेलमा नटिङहम फरेस्टले टोटनहमलाई २-१ ले पराजित गरेको छ ।

यो जितपछि फरेस्ट फेरि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना पनि बलियो बनाएको छ ।

फरेस्टको ३० खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६६ अंक छ ।

फरेस्ट भन्दा पछि रहेका न्युकासल युनाइटेडको ५९ र म्यानचेष्टर सिटीको ५८ अंक छ ।

एलिओट एण्डरसनले पाँचौ मिनेटमै गोल गर्दे फरेस्टलाई अग्रता दिलाएका थिए । क्रिस उडले १६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार ।

उडले दशौँ मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

टोटनहमका लागि रिचार्लिसनले ८७औं मिनेटमा एक गोल फर्काए ।अनलाइनखबर