काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू(१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई भएको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा ९ बजे टस भएर साढे ९ मा सुरु हुनुपर्ने खेलमा १० बजिसक्दा पनि टस भएको छैन ।
पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानको केही भाग अझै पनि सुकिसकेको छैन । त्यसकारण आउटफिल्ड पूर्णरूपमा तयार हुन सकेको छैन ।
टस ढिलाइ भएसँगै केही ओभर पनि घट्ने पक्का भएको छ ।अनलाइनखबर











