धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका–१ स्थित घँगरुमा सञ्चालन भएको पाँचौं सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले प्राप्त गरेको छ ।
फाइनलमा षडानन्दले बेलबारी नगरपालिकालाई पराजित गर्दै उपाधि चुमेको हो । बेलबारीलाई २५–१८, २५–२१, २२–२५ र २५–२१ सेटमा षडानन्दले सहज जीत हात पार्यो । विजेता षडानन्दले १ लाख २१ हृजार र उपविजेता बेलबारीले ६५ मा चित्त बुझायो । नगदसहित दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेत तथा उपविजेता टिम तथा खेलाडीलाई सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पुरस्कार प्रदान गरे ।
सशस्त्र युद्धका बेला २०५७ सालमा नेपाल प्रहरीका सहायक निरीक्षक रहेका बेला कालिकोटमा हत्या गरिएका प्रकाश थापाको प्रतियोगिता सञ्चालन हुँदै आएको छ । सहिद प्रकाश थापा स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजक संस्थाका सचिव अर्जुन थापाले जानकारी दिए । पाँचौं प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ६ पालिका सहभागी थिए ।











