काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाल र वेष्ट इन्डिजबीच अभ्यास खेल हुन लागेको हो ।
खेल नेपाली समय अनुसार १२:१५ बजे मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा हुनेछ । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।
विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ ।
नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।अनलाइनखबर











