म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सन्चालन

म्याग्दे
म्याग्दे गाउपालिकाको आयोजना र तनहुँ उधोग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएको छ ।

गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायिलाई कानुनि दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएको हो । गाउँपालिका भित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेका छौ आर्थिक विकाश शाखा प्रमुख ९अधिकृत सातौ० प्रदिप न्यौपानेले बताए । पहिलो चरण अन्तगत वडा न १, २ र ३ वडामा होटल, किराना, कृषि , मासुपसल, स्टेशनरि,परामर्श लगायत सचालनमा रहेका व्यवसायि दर्ता तथा सुचिकृत गिरएको अधिकृत न्यौपानेले बताए । तीन वटै वडामा गरि १ सय ५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उधोग वाणिज्य सघ थर्पु ईकाइसग सल्लाह गरेर कार्यतालिका वनाएर अभियान सन्चालन हुने अधिकृत न्यौपानेले जानकारि दिए । व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारि निकायमा दर्ताका कागजपत्रका अधारमा हुने छ । सोहि अवधिमा व्यवसायीको सहजका लागि फोटोकपि लगायतका कार्य निस्शुल्क हुने छ । थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिको हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन सुचना प्रकाशन गरेपश्चात व्यवसायि सस्था सहयात्री भएको वताए । स्थानिय सरकारसग गाउँपालिका भित्र सचालन हुने उधोगि, व्यवसायिको प्रत्यक्ष सलग्नता हुनेहुदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छौ अध्यक्ष अधिकारिले भने,ू अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेका छौू ।

म्याग्दे गाउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायिलाई सजिलोको लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएको बताए । उधोग, व्यवसाय सन्चालन गरेका व्यवसायिको तथ्यांक सकलनका लागि पनि यस अभियान प्रभावकारि हुने अपेक्षा उपाध्यक्ष घिमिरेको छ । उधोग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायि अनिवार्य रूपमा आउन गाउपालिका अध्यक्ष श्रिप्रसाद श्रेष्ठले आग्रह गरेका छन् ।

उधोगि व्यवसायि उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसिका साथ दर्ता भएका छन् । मगलवार धयरे वजारमा सन्चालन भएको व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् । होटल व्यवसायि धनमाया आलेले कर्मचारी,वडाका जनप्रतिनिधि एक्कै स्थानवाट सेवा दिदा सहज भएको र गाउँपालिकामा दर्ता गर्न जानुपर्ने झन्झट अन्य भएको वताईन ।