नगढी-रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरबाट ४ दशमलव ७१ मेगावट बिजुली उत्पादन सुुरु गरेको छ ।
आयोजनाका प्रमुख रेबिन्द्र थापाका अनुसार आयोजनाबाट उत्पादित बिद्युत मंगलवार १२ बजे रातीबाट देखि लम्की स्थित १३२ केवी प्रसारण लाईनमा जोडिएको छ । रानीजमराको मुल नहरको पानीबाट जानकी गाउ“पालिका ९ कटा“सेमा बिद्युत पावर हावस निर्माण गरिएको छ । यहा“बाट ६ किलोमिटर दुरीमा पर्ने लम्की स्टेसनमा पुुर्याएर राष्ट्रिय लाइनमा जोडिएको हो ।
लम्की सव स्टेशनका प्रमुख खगेन्द्र प्रसाद धमलाले मंगलवारदेखि परीक्षणका क्रममा राननी जमराबाट उत्पादित बिद्युुत रहेको बताए । ‘रानी जमराको बिद्युत हावसबाट उत्पादित बिद्युत मंगलवार रातीबाट परीक्षणमा छ’उनले भने,‘ बिद्युत हावसका तिन वटा टर्वाइनबाट ४दशमलव ७१ मेगावट बिद्युत उत्पादन आपुर्ति गर्ने भनिएको छ ।’ तर उनले मंगलवार राती १२ बजे देखि बिहान सम्ममा एक टवाईनबाट १४ सय किलो वाट मात्रै बिद्युत प्राप्त भईरहको जानकारी दिए ।
हाइड्रो पावर रानी जमरा कुलरिया सिचाइ आयोजनाको इनटेक बाध देखि १० किलोमिटरदुर छ । यसको ठेक्का भारतको स्युटी एण्ड नेपालको टुडी कम्पनीले संयुक्त रुपमा लिएको छ । बि.स. २०७१÷२०७२मा नेपाल सरकारले उक्त ठेकादार कम्पनी संग निर्माणको ठेक्का सम्झौता १ अर्व ९८ करोडमा गरेको थियो ।
उक्त बिद्युुत गृहवाट उत्पादित बिद्युुत २०७८ कार्तिक १ गतेबाट राष्ट्रिय प्रशारण लाईनमा जोडि सक्ने भनिएको थियो । तर २०७८कै असारमा आएको बाढीले निर्माणधिन संरचनामा क्षेति पुुगेकोले २ बर्ष ढिलो निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
बिद्युुत हावसको निर्माण काम करिव २ अर्व लागतमा सम्पन्न भएको छ । बिद्युुत गृह र उपकरणमा १ अर्व ५ करोड र ९५ करोड खर्च भएको छ । बिद्युत गृहको वरपरको नदी नियन्त्रण , नहर निर्माण र अन्य कार्यमा ९५ करोड खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।
उक्त हाइड्रो पावरमा नहरबाट करिव साढे ७ मिटर तल खसालेर ३ वटा कल्पलान टरवाइनबाट बिजुली उत्पादन गर्ने काम गरेको छ ।
बिद्युत गृह निर्माण भई बिजुली उत्पादन पछि प्राप्त हुने राजश्व बा“डफा“ड र बिद्युत गृह सञ्चालन तथा मर्मत समभार कार्य तय गर्नका लागि कार्यबिधि तय भई सकेको भने छैन ।











