(धनगढी) कैलाली उद्योग बाणिज्य संघमा पुष्प राज कुव“र पुनः निर्वाचित भएका छन । शनिवार सम्पन्न निर्वाचनको आईतवार सार्वजनिक भएको मत परिणाममा कुवरले ६ सय ७८ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धि सुरेन्द्र राठीले ३ सय ५५ मत ल्याएका थिए ।
बाणिजय संघको निर्वाचनमा क“ुवर र राठीको दुई प्यानेल चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । निर्वतमान अध्यक्ष कुवरको पुरै प्यानेल बिजयी भएको छ । बरिष्ठ उपाध्यक्षमा पुस्कर राज ओझा , एसोसेट उपाध्यक्षमा मनोज अग्रवाल , उद्योग तर्फ दिनेश लम्साल बस्तुगत तर्फ लक्ष्मण पन्त बिजयी भएका छन । महासचिवमा ओम बहादुर बिष्ट पुनः निर्वाचित भएका छन । सचिवमा सुरेश पाण्डेय र कोषाध्यक्षमा भिम बहादुर ओझा बिजयी भएका छन । त्यसैगरि सदस्य पदमा पनि कुवरका उम्मेदवार बिजयी भएका छन ।











