भाटभटेनीको शाखा धनगढीमा पनि

(धनगढी) सुदूरपश्चिम प्रदेशको राजधानी तथा प्रमुख ब्यपारिक शहर धनगढीमा भाटभटेनी सेवा सञ्चालनमा आएको छ ।
उप महानरपािलकका वडा नम्वर ३ बोराडाडीमा भाटभटेनीको २३ औ स्टोर शुक्रवार देखि सञ्चालनमा आएका हो । भाटभटेनीका प्रवन्ध निर्देशक मिन बहादुर गुरुङ दम्पतीले उद्धघाटन गरेका हुन । प्रवन्ध निर्देशक गुरुङले अढाई अर्वको लगानीमा २३ औ स्टोर आफनैं भवनमा सञ्चालनमा ल्याएको बताए । उनले यहा“ सीमापारीका भारितय बजारमा धाउने उपभोक्ताको चलनको अन्त्य गर्नमा मद्धत पुगाउने बताए । उपभोक्ताले गुणस्तरिय रसस्तोमा खोजे जस्तो बस्तु प्राप्तीमा लाभ पुग्ने बिश्वास गरेका छन । यस स्टोरमा २ सय २५ जना स्थानियले समेतप्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।
डेढलाख स्वायर फिटको भवनमा रहेको स्टोरमा खाद्यन्न, लत्ताकपडा , बिद्युतिय समान , कस्मेटिक , फर्निचर, खेलौना लगायतका समानहरु रहेका छन । त्यसगरिआकर्षण रेष्टुरेन्ट , वाटरफाउन्टेन रहेका छन । निकट भविश्यमा हाईटेक सिनेमा पनि सूचारु हुने बताएका छन ।