बडैपुर, कैलाली- कैलाली गौरीगंगा–८बडैपुरको एकता किसारी समुह अहिले जिल्लाभरमा लठुवा नाचमा प्रसिद्धि कमाउन थालेको छ । गाउ“ देखि सहरबजार सम्ममा आयोजना हुने सास्कृतिक कार्यक्रममा थारुहरुको परम्परागत नृत्य लठुवा नाचका लागि बोलावट हुने गरेको छ ।
उक्त समुहको सास्कृतिक टोलीले कार्यक्रममा एक पटक प्रर्दशन गरेवाफत दुरी अनुसारको शुल्ल समेत लिने गरेका छन । न्युनत्म ५ हजार देखी जिल्ला सदरमुकाम सम्मको दुरीमा ९ हजार सम्म शुल्क लिने गरेका छन । गएको शुक्रवार घोडाघोडी बर्ड सेन्चुरी घोषणा सभामा प्रर्दशन गरेको उनिहरुले आयोजकबाट ९ हजार रुपैया लिए“का थिए ।
उनिहरुले एकातिर थारुहरुको लोपन्मुख लठुवा नाचको पुस्तान्तरण गरेर, परम्परागत कलासस्कृतिको जगृना गर्न सकेको बताएका छन । अर्काेतिर बिभिन्न कार्यक्रममा सशुल्क प्रर्दशनबाट हुने आम्दानीबाट किसोरीका भईपरिआउने आर्थिक समस्याका लागि कोष जम्मा गरेको समुहकी अध्यक्ष लक्ष्मी चौधरीले बताईन । ‘भविश्यमा समुहमा आवद्ध कुनैं किसोरीको शिक्षादिक्षा तथा स्वास्थ्य उपचारलगायतमा अािर्थक समस्या आउन सक्छ’उनले भनिन,‘ त्यस्तो अवस्थामा कोसरी समुहको कोषबाट सहयोग दिन सकिन्छ । त्यै सोचका साथ अहिले भएको आम्दानीलाई बाढफाढ नगरेको हो ।’
उनिहरुको समुहको गठन तिन सालमा महिला, बालबालिकोको क्षेत्रम कार्यरत सस्था ओरेक नेपालले गरि दिएको थियो । समुहकी अध्यक्ष चौधरीले किसोरीहरुको शिक्षादिक्षा , स्वास्थ्य अधिकारका कुरा सहति बेचबिखन लगायतका जोखिम सम्वन्धि सचेतना फैलाउने उद्देश्यमा गठन भएको बताईन । तरहामी त्येतिमा मात्रैै सिमित भएका छैनौं, आफनो उपस्थितीलाई सशक्त रुपमा देखाउन गाउ“घरमा आयोजित सवै कार्यक्रममा सहभागी हुदैं आएको बताईन ।
उनले येहि सिलसिलामा बिभिन्न सास्कतिक कार्यक्रममा पनि आफनो उपस्थिती देखाउन पुरानो पुस्ताको लोपन्मुख लठुवा नाच प्रर्दशन गर्न लागेको बताईन । उनले समुहमा अविवाहित २२ जना किसोरी रहको बताईन ।
‘समुहमा संगित र नृत्यमा रुची भएका १२ जना छन’उनले भनिन,‘ रुची भएका किसोरीले शुरुमा पुरानो पुस्ताबाट लठुवा नाचको तालिम लिएर सिकेका हुन ।’ उनका अनुसार शुरुमा समुहको सास्कृतिक टोलीले गाउघरमैं सिमित थियो । अहिले जिल्लाभरका सवै कार्यक्रममा सहभागी हुने गरेका छन ।

‘समुहमा सवैं स्कुल र कलेज जाने भएकाले धेरैंकार्यक्रमहरुमा छुटने पनि गर्छन’ उनले भनिन, ‘हाम्रा लागि शुक्रवार र शनिवारका दिनमा हुने कार्यक्रम उपयुक्त हुन्छन । तर कहिले दुईदिन बढी नलाग्ने ठाउ सम्म पनि जान्छौं ।’ पछिल्लो समय नेपालगञ्ज , बाके , डडेलुधरा र दिपायलबाट समेत बोलावट भएको उनले बताईन ।
बडैपुर गाउ कैलाली जिल्लाको मध्यभागमा पर्छ । सदरमुकाम धनगढी, अत्तरिया , लम्की चुहा र टिकापुरक्षेत्र सम्मका कार्यक्रमबाट निम्ता आएपछि जाने गरेको बताईन ।
उक्त किसोरी समुहले गरेको आम्दानीबाट लठुवा नाचका लागि बाद्यबादनका सामग्री , परम्परागत पहिरन , गहना लगायतका बस्तु खरिद गरेको बताईन । वडा कार्यालयले उनिहरु कार्यालय भवन समेत बनाइ दिन लागेको बताए ।
उनले समुह गठन भएको दोस्रो बर्षबाटैं सास्कृतिक टोली गठन भएपनि कोरोना माहामारीले असर पुगेको बताईन । ‘बिभिन्न ठाउमा हुने कार्यक्रमबाट निम्ता आउन शुरु भएको थिए’ उनले भनिन,‘भ्याइनभ्याईको अवस्थामा पुग्दै थियौं ।येहिबेला कोरोना माहामारीले बन्द भयो । बल्ल पुनः शुरु भएको छ ।’ उनले भविश्यमा किसोरीहरुको समहु सक्षमतालाई समाजमा प्रर्दशन गर्नेनै अहिलको ध्वय भएको बताइन ।

उथल पुथल 









