काठमाडौँ। सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार साधारणतर्फ ती विद्यालयका कुनै पनि विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन् र सबै ‘ननग्रेडेड’ भएका छन्।
शून्य नतिजा ल्याउने विद्यालयहरूमा लिसङ्खुपाखर गाउँपालिकाका बुद्धोदय र धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि, बलेफीको वनसाँघु मावि, भोटेकोशीका मार्मिङ र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुल रहेका छन्। यीमध्ये बुद्धोदय, भीमसेन र हेलम्बु बोधिसत्वमा प्राविधिक धारको समेत पढाइ हुने गरेकोमा प्राविधिकतर्फ भने केही विद्यार्थी मात्र ग्रेडेड हुन सफल भएका छन्।
यस वर्ष सिन्धुपाल्चोकका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला गरी कुल १४३ विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए। सातवटा सामुदायिक विद्यालयको नतिजा उत्साहजनक नहुँदा जिल्लाको समग्र शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ।
साभार:नयाँं पेज

उथल पुथल 









