(धनगढी) धनगढी– ३ केदारटोलका जिवन बिष्ट कोरियाबाट प“ाच बर्ष फर्किदा धनगढी फेरिएको पाए । राजधानी काठमाण्डौंबाट सन्ध्य“ाकालिन ७ बजेको फलाईटबाट धनगढी बिमानस्थलमा उर्लेदा अकासबाट झिलमिल्ल देखेको शहर उनलाई आफनो शहर जस्तोनै लागेन ।
उर्लेर गेटा ६लेन सडकबाट धनगढी चौराहा सम्म टेक्सीमा गुड्दा उनलाई कोरियाकै कुनै फराकिलो शहर जस्तो लागेको उनी बताउ“छन । प“ाच बर्ष अघि मलेसिया लाग्दा, फर्केर आउदा कोल्टे फेर्न लागेको धनगढी लाइ देख्दा उनी अचम्म परेका हुन ।

कोरियाका लागि आफनो शहर धनगढी छोड्दै गर्दा उनलाई घरबाट बिमानस्थल पुुग्न आधा घण्टा लागेको थियो । फर्कदा १५ मिनटमा पुुगे । ‘उहिले धनगढी देखि गेटा सम्म प’दा आध घण्टा बढी लागेको थियो । सडकका खाल्डाखुल्डीले सास्ती भोक्नुु परेको थियो’उनले भने,‘ अहिले त, आ“हा फराकिलो ६ लेन, बिचमा ग्रेनबेल्ट हाइमास्ट लाईटको उजालो सडकमा टेक्सी गुडेको क्यामजा ,घर पुुगेको पत्तै पाएन ।’ घर पुुगेर पनि कति चाडो रात बित्ला र बिहानै धनगढीमा भएको परिर्वतन हेर्न पाउला जस्तो लागिरह्यो उनले भने ।

उनी बिहानै मर्निङ्गवाकमा निस्कदा कुचिकारहरु सडक बढार्दै देखे । ‘कुचिकार संगै मिशनले सडकको धुुलो तानेर शहरको सफाइ देख्दा उपमहानगरको प्रगती भएको जस्तो लाग्यो’ उनले भने,‘जव मुल सडकमा पुुग्दा एकछिन झसंग भए । ‘कह“ा गयो ?त्यो मेरो एलचोक देखि क्याम्पस रोड सम्मको अढाई किलोमिटर बजार । दायाबायाका सटर भवन तोडफोड भएको थियो ।’
उनी सरेश गुुप्ताको चियापसलमा पुुगे, मनिंङ्गवाकमा निस्केकाहरु चिया लिदै चलिरहेको गफ सुने । ‘बहस सडककै थियो’उनले भने, ‘बर्खा अगाढी सम्म नालीको काम सम्पन्न भइसक्नुु पर्छ । नत्र बर्खामा बजार डुवानको समस्यामा पर्ने छ । कसैले बर्खा पहिल्यै नाली खनि सक्छ । कोहि भन्दै थिए, यो रोड बनाउन ५ बर्ष लाग्छ ।’ उनी त्यहा“ केहिबेर चुुपचाप गफ सुनेर घर फर्केको बताए ।
पहिलो दिन दिनभरी बिगतमा प“ाच बर्षमा भएको बिकासका बारेमा बुुझने र जान्ने प्रयत्न गरेको उनले बताए । ‘धनगढीले बिकासको गति पकड्ेको रहेछ’ उनले भने,‘तर धनगढी फेरिन लागेको समायवधि भने एक बर्ष पनि पुुग्न थालेको रहेनछ ।’ उनका अनुसार बिकासलाई कसरी दौडाउन सकिन्छ भन्ने कुरा हाम्रा मेयर गोपी हमालले देखाएका रहेछन । उनले थपे, ‘म गर्विलो भए, हाम्रो शहरमा भईरहेको बिकास र हाम्रा मेयर प्रति ।’

‘हाम्रै पालामा, हामी धनगढी बनाउछौ’स्वतन्त्रका उम्मेदवार गोपी हमालको चुुनावी नारा सकार हुन्छ भन्नेमा अव बिश्वस्त भएको बिष्टले भने । ‘सवैले मेयरलाई धनगढी बनाउने अभियानमा साथ दिने हो भने धनगढी पाच बर्षमा हेर्न , बस्न र घुुम्न लायक पश्चिमको सुन्दर शहर हुन्छ’उनले भने,‘धनगढीको मुख्य बजार तोडेर सडक फराकिलो देखि अतिक्रमित खोला नाला हटाउने अभियान त्येति सजिलो थिएन ।’
रिक्साको शहर भनिने धनगढीमा अहिले रिक्सा हराई सकेछन । कुनैबेला धनगढीमा रिक्साहरुले बजारको मुख्य सडक जाम हुन्थ्यो । पुर्व ट्राफिक नगरवासी मान बहादुर धामीले भने, ‘५ बर्ष अघि म धनगढी ट्रफिक कार्यालयमा थिए , त्यसबेला बजारको रिक्साको ट्राफिक चाप कसरी कम गर्ने बिषयमा छलफल चल्थ्यो ।’उनले त्येतिबेला बजारमा हुने दुर्घटनामा ५० प्रतिशत रिक्सा संग सम्वन्धित हुन्थ्ये भने ।
‘राजधानी काठमाण्डौबाट आएका ट्राफिक प्रहरी आफनो काम प्रति आफै अचम्म पर्थे’उनले भने, रिक्सालाई साईट दिनु र ट्राफिक नियम पालाना गर्न सिकाउनुु एक ब्यस्त शहरको ट्राफिकका लागि नौलो अनुुभव हुनथ्यो ।’ समयले धनगढीबाट रिक्सा बिस्थापित हुदैं गए । अटो ईलोक्ट्रिनिक रिक्साले अहिले त्यो ठाउ ओगटेको छ । ‘धनगढीमा अहिले अटोरिक्सा ट्राफिक जाम हुन लागेको छ’ उनले भने, ‘ सडक फराकिलो संगै अटोरिकसाको ब्यवस्थापन नगरले गर्नु जरुरी छ ।’
नगर प्रमुख हमालले सुन्दर शहरको निर्माणका लागि धनगढीको पुुरानो भद्दा ,साघुरो बजारको तोडफोड संगै अटो रिक्साको बिस्थापन संगै ईभि बस सञ्चालनको योजना रहेको बताए । ‘निकट भविश्यमा अटो रिक्साको ब्यवस्थापन र नगरमा ईभि बस सञ्चालन हुुने छन’ उनले भने, त्यसका लागि नितिगत अध्यायन र फिल्ड होमवर्क दुवै काम भईरहेको छ ।’उनका अनुसार शुरुमा धनगढी र फुलवारी सम्म ईभि बस चलाउने गरि अध्यायन भइरहेको छ । ‘धनगढी नगरपालिका र फुुलवारी बसपार्कमा रिचार्ड सेन्टर राखेर इभि बस चलाउने योजनामा छौ’ उनले भने,‘ ईभि बस कुनै फर्म , कम्पनी , सहकारी लगायतका सस्थागतबाट वा प्राईभेट पब्लिक पार्टनरसिपको(पिपिपि)माडेलमा कसरी चलाउने ?भन्नेमा अध्यायन र छफल भईरहेको छ।’
उनले आफुु निर्वाचित भएपछि गरिएका चुनावी बाचाबन्दन अनुसार धनगढी डुवान मुक्त र मुख्य बजारको सडक फराकिलो पार्ने काम प्रमुुख थियोे भने ।

‘निर्वाचित भएर आए पछि बर्खा लाग्न एक महिना मात्रै बा“की थियो’ मेयर हमालले भने,‘त्यसबेला खोलानाला अतिक्रमण शिर्षकमा बजेट पनि थिएन । तरपनि बजेटको ब्यवस्था गर्दै दर्जनौ डोजर एक साथ लगाएर खोलानाला अतिक्रमण हटाउने कामको शुरुवात गरे ।’
उनले अहिले त बार्षिकक बजेट र नितिमैै खोलानाला अतिक्रमण हटाउने अभियान समेटेका छौ ।’उनले खोलानाला मात्रै नभएर, कुनै पनि सार्वजनिक जग्गा , तालतलैया ,वन क्षेत्र सवै अतिक्रमण हटाउने अभियान चलेको बताए ।
उनले प्राकतिकबाहाव अवरुध पारिएका अतिक्रमित संरचना भत्काउने, र खाली नगर्दा सम्म धनगढीको डुवानको समस्या समाधान पनि हुुदैन भने ।
उनले धनगढीको चौराहा देखि कैलाली नाला सम्मको बजारको मुख्य अढाई किलोमिटर सडक एडिवीको ऋण सहयोगमा २४ मिटर फराकिलोमा निर्माण काम शुरु भएको बताए । उनले कैलाली नाला देखि क्याम्पस रोड सम्म ३० मिटर फारकिलो बनाउन, सडकको क्षेत्राधिकार भित्रका संरचना हटाइ सकेको बताए ।
उनले कैलाली पुल देखी क्याम्पसरोड सम्मको सडक नमुुना बन्ने जानकारी दिए । उनका अनुसार यो सडक निर्माणको लागि प्रदेश सरकारबाट ६६ करोडमा ठेक्का पनि भई सकेको छ ।
‘नमुुना सडकको डिजायनमा फुुटपात , पैदल मार्ग , साईकल पथ , ग्रिनबेल्ट र बिद्युत सर्भिस तार समेत अन्डरग्राउण्ड हुन्छ’उनले भने,‘नेपाल बिद्युुत प्राविधिकरणले अन्डरग्राउण्डका लागि काम समेत शुरु गरि सकेको छ ।’
उनले उपमहानगरका सवै वडा र केन्द्रलाई जोडने रणनितिक सडक बन्न लागेको बताए । ‘सवै वडाका गाउबस्तीलाई धनगढी बजारको ‘कनेक्टभिटि’ नभए सम्म आर्थिक गतिबिधि बढाउन सकिदैन’ मेयर हमालले भने,‘ आर्थिक गतिबिधिमा बृद्धि नभए सम्म नगरको समृद्धि पनि हुदैन ।’ उनले नगरका सवै १९ वटै वडाको रणनितिक सडकको डिपिआर समेत तयार भएर टेण्डर प्रकृयामा गईसकेको जानकारी समेत दिए ।
अहिले सम्म धनगढीको गुरुयोजनानै तयार नभएको अवस्थामा मेयर हमालले आफुुले पन्चेबर्षे योजना , बिकास बैंक तयार गरेर योजना छनौट गरि कार्यन्वयनको तहमा अघि बढाएको बताए । ‘अव नगरवासीले टोल,वडाको पुल ,सडक लगायतका माग बोकेर नगरपालिकामा आउनुु पर्ने दिन गए“’उनले भने,‘पी वान, पिटुुुुुुुुुु ,पि थ्रीको अधारमा योजना लागु हुन्छन । पह“ुचका अधारमा हुदैन ।’

उनले बिकासलाई परिणाममुखी र एकिकृत बनाउन लागेको बताए । धनगढी उप महानगरपालिकाले जलबायुु परिर्वतनले सुक्दै गएका नगरवरीपरिका तालतलियाको पानी स्रोतको संरक्षण , अतित्रमण हटाएर पानीको रिचार्ड एरिया बनाउने दिर्घकालिन योजनामा समेत काम गरिहरेको बताए ।
‘हराभरा नगर बनाउन सडक छेउमा ५ बर्षमा १० हजार बृक्षारोपण गरिने छ’उनले भने,‘अतिक्रमण हुन नदिन खाली जग्गामा नर्सरी स्थापना गरिने छ ।’ उनले प्लाष्टिक मुक्त शहर बनाउने अभियान शुरु गरेको जानकारी दिए । उनले बजारमा फोहर बढी हुने स्थानमा कुहिने र नकुुहिने कन्टेनर राखिएको बताए ।
उनले दैनिक २५÷३०टन फोहर उठने धनगढीको फोहरमैला ब्यवस्थापनका लागि वडा नम्वर ७मा एडिवीको सहयोगमा आधुनिक डम्पिंग साईट बनिरहेको बताए । उक्त योजना कार्यन्वयन इकाईका प्रमुख रमेश थिक्कले उप महानगरले जग्गा उपलब्ध गर्न नसक्दा सन २०२२मा पुरा भई सक्ने योजना ढिलो भएको बताए । ‘अहिले जग्गा प्राप्ती पछि रुख हटाउनका लागि इआई भईरहेको छ’ उनले भने,‘त्यसपछि टेण्डर प्रकृयामा जान्छ।’ । उनका अनुसार यो योजना सम्पन्न भएपछि बजारको फोहर पानी दिशाजन्य बस्तुु समेत ढलनाली भित्रैबाट पुुग्ने बताए ।
धनगढीको बसपार्कलाई आधुनिक बनाउनका लागि नया स्थानमा पनि बसपार्कको जग्गा खोजी भई जग्गा प्राप्तकिो प्रकृयामा रहेको मेयर हमालले जानकारी दिए । उप महानगरले धनगढी प्लाज्मा र कमर्शियल भवन निर्माण गर्न लागेको समेत बताए । उनले कोटेशनबाट हुने कामको अन्त्य गरेको बताए । उनले छाडा गाइगोरुको ब्यवस्थापन उपमहानगरले देवरिया र बोराडाडीमा गौशला निर्माण भएको बताए ।
धनगढीमा भौतिक पुर्वाधारमा भईरहेको बिकास संगै शिक्षा , स्वास्थ्य , कृषि आदि क्षेत्रमा समेत देख्ने गरि नगरवासीलाई छुने गरि काम भएको मेयरको दावी छ । बिपन्न परिवार कुखुरा बेचेर उपचार गर्नु स्वास्थय चौकी पुुग्न पर्ने दिनको अन्त्य निर्वाचति भएकै महिनाबाट बिशेषज्ञ सहितको चिकित्सकिय घुुम्ती सेवाबाट भएको मेयर हमालले बताए ।
धनगढी नगरपालिकामा प्रवेश गर्ने सेवाग्राहिले नय“ा अनुुभव सगालेका छन । ‘फाटमा कर्मचारी नभेटिने नगरपालिकामा अहिले भेटिन्छन’ धनगढी ४का सुरेन्द्र बिष्टले भने,‘काम अल्झाउने , ढिलो फाईल अघि बढाउने जस्ता काम पुरै घटेको पाए ।’ मेयर हमालले पानीको मुलसफा हुनुु पर्छ भनेजस्तै नेतृत्वमा बसेका जनप्रतिनिधिले सफा भईदिा कर्मचारी बदमास हुन नसक्ने बताए ।
‘आफुनिर्वाचित भएको पहिलो दिनमैं आफुले नगरवासीको जनगुुनासो सुन्ने वाट्सनम्वर जारी गरे’उनले भने,‘ वाट्सनम्वर , कार्यालय भित्रको ढिलासुस्ती करेप्सन लगायत कुरा घटाउने सेवा चुस्त पार्नमा अतिनै प्रभावकारी भएको जस्तो लाग्यो ।’उनले सेवाग्राहिका लागि वेटिंग कक्ष बतानुकुलित बन्न लागेको बताए । ‘सेवाग्रहीका लागि बन्न लागेको घर निर्माणको अन्तिम चरणमा छ’उनले भने,‘यह“ा सेवाग्राहिले एसीमा बसेर सेवालाई पर्खने होइन , सहजकर्ता हुनछ । टाईम कार्ड दिएर सेवा सम्पन्न गरिनछ ।’

उथल पुथल 








