तनहुँ।
नेपाली कम्युनिष्ट पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसोम बहादुर थापाले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका छन् ।
निर्वाचन प्रचार–प्रसारका क्रममा थापा अहिले घिरिङ्ग गाउँपालिका विभित्र गाउँ बस्तीमा पुगेका छन् । थापाले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरेका छन् । घिरिङ्गका विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गरेका छन् । अभियानका क्रममा थापाले लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले मतदातासँग आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन्। “मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, कामबाटै प्रमाणित गर्छु,” उनले चुनावी अभियानका क्रममा बताएका हुन्। आफू आदीवासी जनजाति समुदायको युवा नेता भएको दाबी गर्दै उनले विकास, सुशासन र जनताको दैनिक समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा ठोस योजना रहेको उल्लेख गर्दै उनले अवसर पाए परिणाम देखाउने विश्वास दिलाए। घरदैलो कार्यक्रम तथा टोलसभामा उनले भने, “नेता भाषणले होइन, कामले चिनिनुपर्छ। मैले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछु।” यस अवसरमा उनले आफ्नो मुख्य पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। जसअन्तर्गत तनहुँ–२ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउने, कृषि–पर्यटन र साना उद्योगलाई विकासको केन्द्रमा राख्ने, युवाको वैदेशिक पलायन अन्त्य गर्न रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। मतदातामाझ उनको यो अभिव्यक्ति र प्रतिबद्धता अहिले चुनावी मैदानमा चर्चाको विषय बनेको छ।

उथल पुथल 









