दमौली, तनहुँ।
तनहुँको व्यास नगरपालिका-२ स्थित बुल्दी खोलामा शनिबार युवाहरुले सरसफाई अभियान सञ्चालन गरेका छन्। वातावरण संरक्षण र स्वच्छताको सन्देश फैलाउने उद्देश्यले गरिएको उक्त अभियान सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप)को नेतृत्वमा सरसफाई भएको हो ।
उक्त्त अभियानमा कृष्ण प्रजापति र आनन्द सोतीको सक्रिय सहभागिता रहेको थियो। उनीहरुले खोला आसपासमा फालिएका प्लास्टिकजना फोहोर झोला तथा अन्य अव्यवस्थित फोहोर संकलन गरी व्यवस्थापन गरेका मिए ।
अभियान्ता गफ्फारले बुदीखोलालाई स्वाच्छ र सुन्दर र पर्यावरणमैत्री बनाउन निरन्तर रुपमा सरसपपई अभियान सञ्चालन गर्दै आएका छन्। उनले नदी तथा खोलाहरुको संरक्षण नगरे भविष्यमा गम्भीर वातावरणीय समस्या उत्पन्न हुने भन्दै सबैलाई आ-आफ्नो ठाउँबाट जिम्मेवार बन्न आग्रह गरेका छन। बुदीखोला हाम्रो साझा सम्पत्ति हो। यसको संरक्षणमा एक-दुई नभई सबैको साझा जिम्मेवारी हो गफ्फर्ले बताए। उक्त सरसफाईले समाजमा सकरात्मक असर पारेको स्थानियको भनाई छ।

सुशील लामगादे बि.क. 









