तनहुँ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं.१ का उम्मेदवार विद्या ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन भानु नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको छ।
सिताराम अधिकारीको अध्यक्षतामा गठन भएको उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य लिएको नेपाली कम्यूनिष्टपार्र्टीका नेता नेता हेमराज लामिछाने ‘क्षितिज’ले जानकारी दिए।प्रचार समिति गठन कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्र्टीका नेता नेता हरीबहादुर चुमान, प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या ढकाल, नेपाल कम्युनिष्ट पार्टीका नेता गीत शाही, ओमकुमारी पौडेलल गायतले मन्तव्य राख्दै ढकाललाई विजयी गराउन तारा चिन्हमा मतदान गर्न अपिल गरे।
नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका नेता हुन्। स्वच्छ छवि, बौद्धिक व्यक्तित्व तथा स्थानीय भूगोल र जनजीवनसँग नजिकबाट काम गरेको अनुभवका कारण उनी जनतामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्।

उथल पुथल 









