पत्रकार दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। साहले निर्वाचन आयोगको कार्यालय पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले दलगत राजनीतिभन्दा बाहिर रहेर जनताको वास्तविक मुद्दा संसदमा उठाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको बताए। उनका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन उनका प्रमुख एजेन्डा रहनेछन्।

उथल पुथल










