दमौली,तनहुँ व्यास नगरपालिका वडा नम्बर-१ भादगाउँ स्थित जलदेवी माध्यमिक विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव एबंम् अभिभावक दिवश आज पुष १७ गते विहिवारका दिन विविध कार्यक्रमका साथ मनाउँदै छ।
विद्यालयको शैक्षिक उपलब्धि, चुनौती र भावी योजना सार्वजनिक गर्ने साथै विद्यार्थीहरुको प्रतिभा पस्पोटन गरि साँस्कृतिक कार्यक्रम गर्ने तालिका रहेको बिधालयका प्रधानाध्यापाक पिताम्वर सिग्देले जानकारी दिए।
वार्षिकोत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षतामा सम्प्पन्न हुने छ भने कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने रहने विद्यालयले जनाएको छ।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय नागरिकको सहभागिता रहनेछ। वार्षिकोत्सवका अवसरमा शैक्षिक तथा सांस्कृतिक प्रस्तुति, उत्कृष्ट विद्यार्थी सम्मान र विद्यालयको प्रगति विवरण प्रस्तुत गरिने विद्यालयले जनाएको छ।

सुशील लामगादे बि.क. 









