आवश्यकता नेपालमा यतीबेला राजनैतिकदलहरु वीच सहमति कायम भई देश चुनावी यात्रामा गएको छ। फागुन २९ मा निर्वाचनको तयारी सरकारले गरिरहेको छ। चुनाव लक्षित गर्दै यतीबेला समुद्रीको नारा सहित दजनौ दलहरु खुलेका छन् ।
दलहरुमा नयाँ अनुहार भन्दा पनि नियत सफा भएकाले गनुपर्ने हो तर सबै दलहरुमा पुरानै सत्ताको लाभ लिएकाहरुले चेहेरा बदलेर आएका छन्। विकाशोन्मुख हाम्रो देशमा विकासका सम्भावनाहरु धेरै छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण छ र जैविक विविधता नै नेपालको प्रमुख विशेषता हो। जैविक विविधता नै विश्वका सामु नेपाल मोति जस्तै टल्किरहेको भए तापनि प्रविधि र लगानी अभावका साथै राजनैतिक खिचातानीका कारण विकासले गति लिन सकिरहेको छैन । २१ औं सताब्दिमा प्रविधि र लगानी कुनै निश्चित सीमानाभित्र नरहने भएकोले राज्यले सही दृष्टिकोण लिए प्रविधिर लगानी भित्र्याउनमा कुनै समस्या छैन। तर विद्यमान प्रमुख पार्टीहरुकै खिचातानीका कारण मुलुक दिनप्रतिदिन समसया ग्रस्त हुदै गएको छ ।
जन सम्म देशमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक सम्पन्नतातिर अधसर हुन सक्दैन । प्राकृतिक सम्पदाले धनी भए तापनि नेपाली जनताहरु दैनिक जीवनयापन गुजारा गर्नकै लागि खाडी मुलुकहरुमा आफ्नो श्रम सस्तोमा बिक्रि गर्न बाध्य छन चुहाउन बाध्य भएका छन् दक्षिण एशियालीको जेठो मुलुक र विश्वका २२० राष्टहरुमध्येको पुरानी राष्ट्रको सूचीमा पर्ने देशमा विकास गर्न नसक्नुका कारणमा कहिले पनि बहस, छलफल, आन्दोलन क्रान्ति भएन। जस्का कारण नेपाल अति कम विकसिताको सूचीमा छ । त्यसैले राष्ट्रमा विकास हुन सकेन सतर्फ सोच्नु नितान्त आवश्यक छ। जहिले पनि राजनीतिक कान्ति प्रतिक्रान्तिमा रुमलिरहेको मुलुकका नेताहरुले दूरदृष्टि दिन नसकेके कारण मुलुकले क्रान्ति र आन्दोलनबाट छुटकारा पाउन सकेको छैन ।
नेपाली जनतालाई अन्धकार होइन उज्यालो चाहिएको छ। ओक, प्यास र गरिबले पिल्सिरहेका जगतालाई अन्धोराष्ट्रवाद होइन राष्ट्रियता चाहिएको छ जसरी पनि भोक प्यास गरिबीबाट छुटकारा पाउनको लागि जनतालाई राहत बाहिएको छ। विकास सृष्टिको सिढी र परिवर्तनको उत्कर्षमात्र होइन प्रकृतिको नियम हो। त्यसको लागि चिन्तन भनन हुनुपर्दछ। चिन्तनको विकासबाट मात्र मानतको सवाद्रिण विकास सम्भव छ। नेपालका राजनीतिक दलका नेताहरु आरोप प्रत्यारोप गरेर आफू चोरखो हुन खोज्छन् भने स्थायी सरकारको रुपमा सोका कर्मचारीहरु जो सत्तामा आउँछ उसैको चाकडीमा अभ्यस्त देखिन्छन् ।
बुद्धिजीवीहरु स्वतन्त्र हुन नसकेर नेताहरुवा अर्दली चनेका छन् । राजनीतिक घेराभन्दा माथि उठेर राष्ट्रविकासको लागि वादविवादमा नफसी भिन्दाभिन्दै लक्ष्य नलिई एकै ध्येय, एकै विचार लिएर मुलुकलाई अवगमनतिर डो याउन एक जुट भएमा मुलुक समृद्धिशाली बनाउने योजनामा पनि दलहरु सहमति हुन आवश्यक छ।

उथल पुथल 









