पिभिपि व्यास नगर एकाई द्वारा महर्षि वेदव्यास विद्याश्रमलाई शैक्षिक सामग्री हस्तान्तरण

दमौली,तनहुँ। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर इकाईले व्यास ५ पाटन स्थित श्री महर्षि वेदव्यास विद्याश्रममा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ।
एकाईले गुरुकुलका विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा र शैक्षिक सामग्री बिहिवार गुरुकुल का विद्यार्थीलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका सभापति गण्डकि प्रदेश व्यवस्था प्रमुख भाग्यशालि ढुङ्गानाले गरेकाथिए भने कार्यक्रमका प्रमुख अतिथि श्री महर्षि वेदव्यास विद्याश्रम अध्यक्ष सत्य प्रसाद खनाल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले विद्यार्थीले शैक्षिक सामग्रको अभाव रहेकोले र जाडो महिनामा न्यानो कपडा नभएको हुनाले अध्य्यन गर्न अप्ठार्यो रहेको थियो भने सो सहयोगले
अध्य्यनलैइ सहजता हुने बताए ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव अभिषेक बिष्ट, परिषद्का शुभचिन्तक नन्दन श्रेष्ठ ,बिधाश्रमका सचिव महेन्र गिरि , प्रध्यापक सुफल आत्रेय लगाएतको उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षकले सामग्री पाउँदा विद्यार्थीको सिकाइमा सहयोग पुग्ने बताए।

परिषद्ले समुदायमा आधारित रहेर आव्शयक सहयोगलाई निरन्तरता दिने योजना अनुसार चन्ले परिषद् गण्डकी  प्रदेशका मिडिया प्रमुख आकाश लामगादे बि.क.ले जानकारी दिए।