दमौली,तनहुँ
“प्रहरी कार्य सम्पादन सुधार कार्ययोजना (Action Plan)” बमोजिम, यस इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्डमा खटिएको टोलीले मर्स्याङ्दी जलविधुत आयोजनाको जलाशय क्षेत्रमा पानीमा गरिने उद्धार सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास सम्पन्न गरियो ।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई पानीमा उद्धार सम्बन्धी आधारभूत अवधारणाहरू, व्यक्तिगत सुरक्षा मापदण्ड, पानीमा हुने दुर्घटनाका कारण तथा जोखिम विश्लेषण, उद्धारका क्रममा आवश्यक उपकरणहरूको पहिचान र प्रयोग, पीडितको उद्धार गर्ने तरिका, उद्धार पछिको प्राथमिक उपचार (First Aid) लगायतका विषयहरूमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गराइएको थियोे ।

उथल पुथल 









