ऋषिङ,तनहुँ
तनहुँ ऋषिङ गाउँपालिका ३ दुबुङ आन्तरिक तथा बाह्य पर्यटकको नया गतब्य बनेको छ। आन्तरिक पर्यटक ईश्वर बास्तोला दुबुङ पुगेपछी उत्साहजनक अनुभको चर्चा चुलीएको थियो।
दुबुङ स्थित भालथुम्केमा बृहत् रुपमा चिया बगानको बिस्तार गरिएको छ। चिल्डेन पार्क, पिकनिक स्पोर्ट, भ्यु टावर यहाका आकर्षणका केन्द्रबिन्दु हुन। भबिस्यमा बाटोको स्तर उन्नती हुन सकेको खण्डमा पर्यटकको भरिभराउ हुने प्रवल सम्भावना छ।
बाइसे चौबिसे राज्यका तनङ्गे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिने गरि राजाको कुर्ची रहेको छ। यहाँ बस्दा राजाको जस्तो आत्मानुभुती हुने गर्दछ। भ्युटावर बाट रिसिङ, ग्वासलुङ, काहुशिवपुर, मानुङ, छिन्केश्वरी, छिपछिपे, छेराङ्गा, मौरिबास, काफलडाडा, भिरकोट, थप्रेक, जस्ता डाडाहरुका टाकुराको अवलोकन गर्न सकिन्छ भने नवलपरासी जिल्लाका देवचुली र बरचुली सहजै देख्न सकिन्छ। हिमशृङखला अन्तरगत माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरीका लगायतका अन्य हिमालका दृश्याअवलोकन गर्न सकिन्छ। डाडा तथा हिमाल बादलको घुम्टो ओढि मुन्टेा देखिदाको दृश्य झनै आकर्षक देखिन्छ। स्थानिय होम बहादुर रानाभाटको आफ्नै जन्म भुमी असाध्यै रमाइलो लाग्छ। प्रचारप्रसारको कमिले यस ठाउ पछि परेको बताए। ऋषिङ ७ राइथोकका स्थानिय समाजसेवी इन्द्र बहादुर आलेले आन्तरिक पर्यटकको रुपमा ऋषिङ गाउपालिका पर्यटकको रुपमा बिकास हुँदै गरेको सुन्दर गाउँ दुबुङको प्रचारप्रसार र प्रबर्द्धनमा सहयोग पुग्ने गरि सदभावना पर्यटक दुतको रुपमा आएका पाहुना ईश्वर बास्तोलालाई धन्यवाद दिए। सरस्वती माबिका शिक्षक चित्र थापाले यस ठाउ प्रचारप्रसार गरिदिदा बास्तोला लाई धन्यवाद ब्यक्त गरे।
स्थानिय मधुमाया रानाभाटले एउटा बिकट क्षेत्र भनीएको जिल्लाको दक्षिणि भेग मनमोहक हुदाहुदै पनि सम्बन्धित निकायको आँखा नपुगेको यस ठाउ चिनाउन प्रयत्न गरेकोमा धन्यवाद ब्यक्त गरिन।

उथल पुथल 









