दमौली,तनहुँ।
आयुर्वेद चिकित्सालय तनहुँको आयोजनामा क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा, सेवा प्रवाह सम्बन्धी तथ्याङ्क विश्लेषण तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रदेश अस्पताल दमौलीका प्रमुख डा. परितन बराल, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख जनस्वास्थ्य प्रशासक अमर दवाडी, प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका डा। किरण पौडेल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका तथ्याङ्क अधिकृत प्रवीण भण्डारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रतिनिधि रामचन्द्र पौडेलले स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिएका थिए ।
शुक्लागण्डकी नगरपालिका–६ झागाझोलीमा आयोजित कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, नागरिक आरोग्य सेवा केन्द्र तथा औषधालयमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका डा. किरण पौडेलले गरेका थिए । सो कार्यक्रमको सहजीकरण कविराज निरीक्षक भोजारी रानाभाटले गरेका थिए ।

उथल पुथल 









