मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रवार ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।