व्यवस्थापन समिति गठन नगर्ने विद्यालयको अनुदान रोकिदिने मन्त्री पुनको चेतावनी

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने विद्यालयको अनुदान रोक्ने चेतावनी दिएका छन् ।

मन्त्री पुनले समिति गठन नगरी पालिकाहरूले मनोमानी ढंगले विद्यालय सञ्चालन गरेको पाइएको भन्दै रकम रोक्ने चेतावनी दिएका हुन्।

मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना पठाएको जनाएका छन्। विद्यालय व्यवस्थापन समिति गठन गर्ने पालिकामा नाम संकलन भइरहेको मन्त्री पुनले जनाएका छन्।

‘विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन्,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘त्यस्ता पालिकाहरुलाई नियनानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा यस्ता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ।’

साभार:नयाँ पेज