लियो सप्ताह सुरु : निर्मल माविमा हस्तलेखन कार्यक्रम सम्पन्न 

दमौली, तनहुँ
लियो क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँ निर्मल अल्फाले लियो सप्ताह आजबाट सुरु गरेका छन्। उक्त सप्ताह पाँच दिनसम्म चल्नेछ। क्लवले प्रत्येक दिन फरक गतिविधि गरेर लियो सप्ताह बनाउने भएको छ।

सप्ताहमा पहिलो दिन, विद्यार्थीलाई हस्तलेखन गतिविधिमा सहभागी गराइएको छ।भने दोस्रो दिन, सचिवालय उद्घाटन गरिने,तेस्रो दिन, सरसफाई कार्यक्रम चलाइने छ।चौथो दिन, फेलोशिप कार्यक्रम सञ्चालन हुने र
पाचौं दिन, न्यानो कपडा वितरण गरिने लियो क्लब अफ तनहुँका अध्यक्ष रोबिन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले कार्यक्रमले लियो क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँ निर्मल अल्फालाई सामाजिक सेवा र नेतृत्व बिकासमा सक्रिय बनाउन लक्ष्य राखेको बताए।

लियो क्लब अफ तनहुँ निर्मल अल्फाका अध्यक्ष सुरज आलेले लियो सप्ताहले अल्फा र ओमेगाको सम्बन्ध लाई पहिकाको तुलनामा सम्बन्ध बिस्तार गर्न सहयोग पुर्याउनने बताए ।