काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ। उहाँका पिता, आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको उपचारका क्रममा आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन्।
डा. रेग्मीका अनुसार डा. साहलाई आइतबार बिहानै भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उहाँले भने, “आज बिहान उहाँको निधन भयो।”
पिसाबमा संक्रमण देखिएपछि संक्रमण शरीरभर फैलिएको र मधुमेहसमेत भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।
काठमाडौँ महानगरका प्रमुख बालेन साहका पिता दिवंगत भएपछि महानगर परिवार तथा सरोकारवालाहरूले दुःख प्रकट गरेका छन्।

उथल पुथल 









