गफ्फारको अभियानमा लियो क्लब अफ काठमाडौं ककनीको सहयोग

दमौली,तनहुँ
तनहुँका युवा सामाजिक अभियान्ता महम्मद गफ्फार(सुदिप) अभियान न्यानोमा लियो क्लव अफ काठमाडौं ककनी र लायन्स क्लव अफ काठमाडौं ककनी ले गफ्फारको अभियानमा सहयोग गरेका छन्।

आईतवार तनहुँको भानु नगरपालिका -६ मान्द्रे स्थित श्री कालिका प्राथमिक बिधालयमा अध्यन गर्ने २५ जना बिद्यार्थीलाई बिधालयको स्विटर र मोजा सौजन्य क्लवले गरेको छ।

बिधालयका प्रधानध्यापक कल्पना अधिकारीका अनुसार बिधालय म अध्यन् गर्ने अधिकांश बिद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएको र उक्त सहयोगले विद्यार्थीहरुलाई विद्यालय नियमित कक्षामा बस्न विद्यार्थीलाई सहज बनाउन सो सहयोगले महत्त्वपूर्ण भुमिका खल्ने बताइन।

गफ्फारले कमजोर आर्थिक अवस्थाका बालबालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।