तनहुँमा दीपावली लक्षित अनैतिक गतिविधि विरुद्ध प्रहरीको कडा निगरानी

दुलेगौंडा,तनहुँ 

तस्बिर : आर्टिफिसियल इन्टलिजेन्स( ए आई)
जिल्ला प्रहरी कार्यालय तनहुँले दीपावलीलाई लक्षित गरी अनैतिक गतिविधि विरुद्ध निगरानी बढाएको छ।

प्रहरीका अनुसार, चाडपर्वका समयमा झन्डीबुर्जा खेल्ने, पट्का पड्काउने, जुवा तथा तास खेल्ने जस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरी नायन उपरीक्षक श्रवणकुमार बि.क.का अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न हेतु जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी जवानहरु अरु बेलामा भन्दा कडा नीग्रानी बढाएको र येस्ता अनैतिक गतिविधिमा संग्लन रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिईरहेको,र येस्ता गतिविधिमा संग्लन भएका सूचना रहेमा तुरुन्तै नजिकै रहेको प्रहरी कार्यलयमा सम्पर्क गर्न आमसर्वसाधारणमा माझ अनुरोध समेत गरेका छन्।

प्रहरीले जनताको सहयोग बिना कानून कार्यान्वयन कठिन हुने भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ।