दमौली,तनहुँ
“म बदलिए, मेरो देश बदलिनेछ” भन्ने नारा सहित प्रदेश अस्पताल दमौली तनहुँमा रगतको आवश्यक्ता भए सँगै रक्तदान कार्यक्रम सञ्चालन गरि १७ प्रिन्ट रगत संकलन गरिएको छ।

अस्पतालमा रगतको आवश्यकता देखिएपछि अनसन चौतारीमा युवा सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप) को नेतृत्वमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका–३ का वडा अध्यक्ष अनुप राना रहेका थिए। उनले रक्तदानजस्ता मानवीय कार्यहरूले समाजमा एकताको भावना जगाउने र युवालाई सामाजिक जिम्मेवारीतर्फ उन्मुख गराउने बताएका छन्।

अस्पतालमा १७प्रिन्ट रगत संकलन भए सँगै अरु दाताहरुलाई आकस्मिक दाता रहने बेहोरा जानकारी गराउँदै अभियान्ता गफ्फारले रक्तदान कार्यक्रममा सहभागी हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका
छन् ।
कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नियमित रक्तदानले ज्यान बचाउन मद्दत पुर्याउने र समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।

सुशील लामगादे बि.क. 









