शनिबार दमौलीमा खुल्ला रक्तदान कार्यक्रम हुने

दमौली, तनहुँ

तनहुँको सदरमुकाम दमौलीमा खुल्ला  रक्तदान कार्यक्रम हुने भएको छ।  उक्त रक्तदान कार्यक्रम कार्तिक १ गते शनिबारका दिन बिहान ७:३० बजेको समयमा व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा आयोजना हुने भएको छ।

 

कार्यक्रमको आयोजना युवा सामाजिक अभियान्ता महम्मद गफ्फार(सुदिप)को नेतृत्वमा हुन गैइ राखेको छ।
साथै नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा र प्रदेश अस्पताल दमौली,तनहुँले उक्त कार्यक्रम व्यवस्थापन गर्ने बेहोरा आयोजक समूहले जानकारी दिएको छ ।


प्रदेश अस्पतालको बल्ड बैंकमा आवश्यक अनुसार रक्तसञ्चार सेवाका लागि रगतको अभाव देखिन ठालेसँगै रक्तसञ्चार सेवालाई सहज बनाउन र आकस्मिक अवस्थामा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान अभियान सञ्चालन गर्न लागिएको हो।

रक्तदान कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले स्वस्थ नागरिकलाई रक्तदानमा सहभागी हुन आह्वान गरेका छन्।