काठमाडौं । मलेसियालाई हराउँदै नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।
पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो।
यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो।
पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो।

उथल पुथल 









