संविधान दिवसमा धार्मिक स्थान सरसफाई

दमौली, तनहुँ

संविधान दिवसको अवसरमा व्यास नगरपालिका–३ स्थित ऐतिहासिक पञ्चमन्दिर र व्यास गुफा परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। संविधान दिवसको अवसरमा तनहुँका युबा अभियान्ता महम्मद गफ्फार( सुदिप)को नेतृत्वमा पञ्चमन्दिर र व्यास गुफा परिसरमा शुक्रबार सरसफाई गरिएको छ।

गफ्फारले संविधान दिवस र राष्ट्रिय दिवसलाई जनहितमा काम गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। सरसफाईले धार्मिक तथा पर्यटकीय स्थलको महत्व अझ बढाउने विश्वास व्यक्त गर्दै नगरलाई सफा राख्न सकेको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै
नेपालको राष्ट्रिय दिवसको अवसरमा महर्षी बेद व्यासको तपोभुमी व्यास गुफा र पञ्चमन्दिर परिसरमा फोहोर जम्मा भएर परिसर आउने भक्तजनलाई असहज हुने भएकाले स्काउट ट्रुप र युवा अभियान्तागफ्फारद्वारा सरसफाई गरिएको स्काउट ट्रुप लिडर सन्तोष गिरिले जानकारी दिए।

तस्बिर : सुशिल लामगादे बि.क.

 

Open photo

Open photo

Open photo

No description available.