दमौली, तनहुँ
लौह पुरुष गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ तनहुँ परिवारले बिहिवार साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
नेविसंघका पदाधिकारी तथा कार्यकर्ताहरूले लौह पुरुषप्रति श्रद्धा सुमन अर्पण गर्दै लोकतन्त्र स्थापनामा सिंहको योगदानको स्मरण गर्दै दिप प्रज्वलन गरेको नेबिसं तनहुँका नेता सोन आले मगरले जानकारी दिदै
मगरले सिंहको संघर्षशील जीवनले आजको पुस्तालाई प्रेरणा दिने बताए।
कार्यक्रममा नेविसं जिल्ला तनहुँका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
तस्बिर :सुशिल लामगादे बि.क.

सुशील लामगादे बि.क. 









