यातायात बन्द हुदाँ बिरामीलाई यातयात सुबिधा दिदै गफ्फार

दमौली,तनहुँ  

तनहुँको सामाजिक अभियान्ता महमद गफ्फार (सुदिप)ले तनहुँमा जारी भएको निषेधाज्ञा र कफ्रयुका कारण  यातयातहरु बन्द हुँदा बिरामीलाई यातयात सेवा दिने भएका छन् । बदलिदो परिस्थितिका कारण तनहुँ जिल्ल्लमा निषेधाज्ञा र कफ्रु जारी भएको हुनाले बिरामीलाई यातयात सेवा दिने भएका छन्।

विहिवार एक भिडियो सार्वजनिक गर्दै गफ्फारले तनहुँमा कफ्रु जारी भए सङै बिरामीलाई अस्पताल आवतजावत गर्न अप्ठ्र्यारो हुने भएकाले  यातयात सुबिधा दिने निर्णय गरेका छन्।

यातायात सेवा बन्द रहेको हुनाले आम सर्वासधाणलाई समास्या पर्ने जाने भएकोले बिरामीलाई  आफ्नो मटरसाईकल मार्फत यातयात सुबिधा प्रदान गर्दै गरेको गफ्फारले बताए। गफ्फारले यातयात पुन सुचारु नभए सम्म यातयात सुबिधा दिने उथलपुथल डटकमलाई जानकारी दिएका छन्।