महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।