दमौली,तनहुँ,श्रावण १५
लियो क्लब अफ तनहुँको आयोजनामा ब्यास नगरपालिका–१०, बैरेनीस्थित उज्यालो घर मा खीर खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
समाजसेवामा सक्रिय लियो क्लबले श्रावण महिनाको अवसरमा विशेष मानिने खीर खाने दिनलाई मानव सेवामा समर्पित गर्दै उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा लियो रोबिन श्रेष्ठ को अध्यक्षतामा सञ्चालन भएको थियो भने लायन श्रीभद्र खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
सो अवसरलाई सम्बोधन गर्दै खनालले हाम्रो परम्परा र संस्कृति जोगाउनु आवश्यक रहेको गर्दै लियो क्लब अफ तनहुँले हाम्रो परम्परा जोगाउन समाजमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उक्त अवसरमा क्लबका पदाधिकारी, सदस्यहरू तथा उज्यालो घरका बालबालिकाबीच आत्मीयता र सहकार्यपूर्ण वातावरणमा खीर वितरण गरियो। कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायप्रति माया र सद्भाव अभिव्यक्त गरेको लियो अफ तनहुँ क्लबले जनाएको छ।
कार्यक्रमले समाजमा सेवा र सहकार्यको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।