तनहुँ प्रशासनबाट एक वर्षमा झण्ड १.५ लाख बढि सेवाग्राहीलाई सेवा प्रदान

दमौली,तनहुँ    तनहुँ जिल्लामा नागरिकलाई लक्षित सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालयको सक्रियता उल्लेखनीय देखिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आर्थिक वर्ष २०८१/८२ को समग्र सेवा विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार गत आवमा कार्यालयबाट १ लाख ४७ हजार ८३१ जनाले विभिन्न   सरकारी सेवा  लिएका छन् ।

प्रजिअ अधिकारीद्वारा जारी “सेवा प्रवाहको अवस्था“ प्रतिवेदनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणदेखि लिएर राजस्व संकलन, गुनासो समाधान, प्रमाणिकरण सेवा, नाबालक परिचयपत्र तथा अपाङ्गता भएका व्यक्तिका लागि घरमै सेवा पुर्याउने जस्ता विषयहरू समेटिएका छन् । नागरिकताको हक संविधानले सुनिश्चित गरेअनुसार तनहुँमा नागरिकता वितरण र प्रतिलिपि वितरणको कार्य सशक्त रूपमा अगाडि बढाइएको छ । ८ हजार ७१८ जनाले नयाँ नागरिकता पाएका छन् भने ९ हजार १५१ जनाले प्रतिलिपि पाएका छन् । विवाह  अंगीकृत, गैरआवासीय, आमाको आधारमा, नाबालक परिचयपत्र लगायतका विषयमा छुट्टाछुट्टै  व्यवस्था गरिएको छ ।

महिनावार सेवाग्राही संख्यामा जेठ महिनामा सबैभन्दा बढी नागरिकता वितरण (२,१९१) भएको थियो । यस्तै, कार्यालयबाट आमाको नामबाट (वंशज) को ५ महिला र२४ पुरुष गरी २९ जनाले नागरिकता लिएका छन् भने १० जना महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएको प्रजिअ अधिकारीले जानकारी गराए । उनका अनुसार गत आवमा ३५  जनाले नागरिकता परित्याग गरेका  छन् भने ३ जनाको नागरिकता रद्ध गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरणमा तनहुँ जिल्ला अगाडि देखिएको छ । सार्वजनिक प्रतिवेदनअनुसार,  जिल्ला प्रशासन कार्यालयले ६४   हजार ६८१ जनाको विवरण संकलन गरी १० वटै स्थानीय तहमा वितरण प्रक्रियामा पुर्याएको छ । तीमध्ये १३ हजार ५५० जनाले परिचयपत्र पाइसकेका छन  वितरणामा शुक्लागण्डकी नगरपालिका ३१.६३ प्रतिशत   प्रगतिसहित अगाडि छ भने व्यास,  भानु, ऋषिङ, बन्दीपुर, म्याग्दे,  देवघाट, आबुखैरेनी लगायतका  पालिकामा पनि वितरण कार्य जारी  रहेको प्रजिअ अधिकारीले जानकारी  गराए ।

यस्तै, वैदेशिक रोजगारी र  यात्राका लागि आवश्यक राहदानी सेवामा तनहुँका नागरिकहरू सक्रिय   देखिएका छन् । गत आर्थिक वर्षभरिमा १३ हजार ७१५ जनाले राहदानी विवरण दिई १२ हजार २०३ जनाले राहदानी पाएका छन्। कुल लाभान्वित हुनेको संख्या २५ हजार ९१८ पुगेको छ । राहदानी दस्तुरमार्फत प्रशासनले करिब ७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले  गुनासो समाधानमा १०० प्रतिशत सफलता प्राप्त गरेको छ । नागरिकबाट प्राप्त हुने गुनासो समाधान प्रणाली अझ प्रभावकारी देखिएको प्रजिअ अधिकधारीले बताए ।

नागरिक एप, हेलो सरकार, क्यूआर कोड, कार्यालयमा  प्रत्यक्ष निवेदन तथा अन्य माध्यमबाट प्राप्त भएका १ हजार  ४६७ वटा सबै गुनासो समाधान गरिएको प्रतिवेदनमा उल्लेख  गरिएको छ । यस्तै, सेवामा पहुँचविहीनलाई घरमै सेवा दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै  घरमै गएर सेवा दिने पहल जिल्ला प्रशासनको विशेष कार्यको रूपमा   प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, क्यूआर कोडमार्फत गुनासो संकलन, दैनिक सेवा विवरणको डिजिटल अ भि लेख, ८ ५ वटा वडा  कार्यालयमापर्त अनलाइन सिफारिस सेवा लगायतका नविनतम प्रविधिमा आधारित सेवा  सञ्चालन गरिएको कार्यालयले  जनाएको छ । जिल्ला प्रशासन कार्यालय  तनहुँले चालू आर्थिक वर्षमा ७ करोड ७६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

राहदानी दस्तुर, संघ–संस्था दर्ता, हतियार नामसारी, जरिवाना र प्रशासनिक शुल्क लगायतका  शीर्षकमा राजस्व संकलन भएको बताइएको छ ।  यस्तै, दलित, आदिवासी/ जनजाति, मुस्लिम, विपन्न तथा  शरणार्थी नागरिकहरूका लागि छुट्टाछुट्टै सिपमा रिस तथा प्रमाणिकरण सेवा दिइएको छ ।यस अन्तर्गत ५ हजार ४८४ जनाले प्रत्यक्ष रूपमा कागजात प्रमाणीकरण सेवा पाएको प्रशासनले जनाएको छ । बजार अनुगमनका क्रममा मूल्य सूची नराख्ने, म्याद सकिएको सामान बिक्री गर्ने जस्ता अनियमितता भेटिएका थिए । अनुगमनको क्रममा रु. ५५ हजार बराबरको जरिवाना तिराइएको र १ लाख ८ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामग्री नष्ट गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।