तनहुँको प्रसिद्ध मन्दिर : छाब्दी बाराही

 दमौली,तनहुँ 

तनहुँको व्यास नगरपालिकाको वडा नं १४मा अबस्थित  श्री छाब्दी वाराहीको प्रसिद्ध मन्दिर छ। छाब्दी खोलाको शिरमा रहेको यो मन्दिरस्थलमा एउटा कुण्ड पनि छन् ।

यस कुण्डमा माछाका रूपमा सत्यवतीको जन्म भएको जनविश्वास छ। छाब्दी वाराही र तनहुँकै ढोर वाराही दिदीबहिनी मानिन्छन् । यहाँको कुण्डका माछा मरेमा पुजारीले तिनको सद्गत हिन्दु परम्परा अनुसार कोरामा बसेर गर्नुपर्ने नियम छ। छाब्दी वाराही परिसरमा भीमसेनको मन्दिर र अन्य देवीदेवताका मूर्तिहरू पनि छन्।

वाराहीस्थानमा पशुबलि दिने चलन छ। औसी, एकादशी र साउन महिनामा भने बलि दिन पाइँदैन । सो स्थानमा बर्षेनी हजारौ भक्तालुहरु सो स्थानमा दर्शन गर्न पुग्ने गरेका छन् । छाब्दी वाराहीको मन्दिर पुनः निर्माण गरी आर्कषक समेत बनाइएको छ। सो स्थान समम जान पक्की सडकको व्यवस्था रहेको छ। दमौलीबाट ७ किमिको दुरीमा सो स्थानमा पुग्न सकिन्छ। सो स्थानमा बनभोज स्थल तथा खाने बस्ने पर्यापत होटलहरु रहेका छन् ।

तस्बिर :सुशिल लामगादे बि.क.