सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल बस्ने ६० वर्षीया सेती मायालाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ५९ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-१ कुटुमगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ३५ वर्षीय रंजित शर्मा र ३० वर्षीय रोम बहादुर राजबंशी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९६१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ विराटचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल कुमार भट्टराईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँधबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बडकी टोल बस्ने २४ वर्षीय रमेश कामती र २० वर्षीय दिपक कामती रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले माडरबाट कल्याणपुरतर्फ जाँदै गरेको स.६ प ४९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने १९ वर्षीय बिष्णु पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बागमती प्रदेश-०२-०३९ प ९४२१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने २० वर्षीय सिसिर लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी
झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४९ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ पाडाजुङी बस्ने २० वर्षीय पिजल धिमाल र सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय केशब राई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाधस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४९ ग्राम ५ सय ६० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-४ मौहुलिया बस्ने १९ वर्षीय कृष्ण ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ शिवालय टोल बस्ने २६ वर्षीय बिर बहादुर राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ७ सय १४ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-५ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर शाही र २७ वर्षीय सालु शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रोल्पा लुङग्री गाउँपालिका-७ बस्ने ३२ वर्षीय पुनम पुन मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
धादिङ, गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम र पोलेन ४ किलो ८० ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरूप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ८ सय ९२ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ३६ वर्षीय भुईदल राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, देवानगंज गाउँपालिका-३ यादव टोल बस्ने बिरेन्द्र यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उथल पुथल 









