सुशील बि.क.
दमौली, तनहुँ ३० बैशाख २०८२, मंगलवार ।
गण्डकी प्रदेशको मुख्य सीमा नाका तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं- ४ स्थित बेनिटारमा लागु पदार्थ सेवन {ला.प.से.} परीक्षण कार्यक्रम सुरु गरिएको छ।
आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख उपस्थिती, इ.प्र.का.आँवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं- ३ का वडा सदस्यहरु, स्थानीय बुद्धिजिबीहरु, पत्रकार लगायतको सहभागितामा सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक-खण्डमा संचालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी “लागु पदार्थ सेवन (ला.प.से) परीक्षण कार्यक्रम शुभारम्भ गरिएको हो।
आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी अस्पतालको सहयोगमा लापसे परीक्षण सुरु गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीषक टेकप्रसाद सुवेदीले जानकारी दिए ।गण्डकी प्रदेश भित्रिने सवारी साधनका चालकले लागुपदार्थ सेवन गरे नगरेको परीक्षणका लागि यो अभियान सुरु गरिएको उनले बताए । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणका लागि सघाउने उनको भनाइ छ ।
“लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन सक्ने र ज्यानै जाने गरेका छन्, यसलाई नियन्त्रणका लागि यो अभियान बनाउँछौ,” उनले भने । प्रभावकारी लापसे परीक्षण शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित लापसे परीक्षण सुरु गरिएको बताए ।

उथल पुथल 











