काठमाडौं । अमेरिकाको डेनभरमा बिहीबार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भयो । विमान विमानस्थलको पार्कमा राखिएको थियो । उडान तयारीमा रहेको विमानमा अचानक आगलागी भएको थियो ।
अचानक आगलागी हुँदा विमानमा रहेका यात्रुहरूबिच भागदौड मच्चिएको थियो । केही यात्रुहरू विमानको पखेटामा समेत चढेका थियो ।
यद्दपि विमानमा सवार सबै यात्रुहरूलाई तत्कालै उद्धार गरियो । एयरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन्।
उक्त विमानमा चालक दलका सदस्यसहित १७२ यात्रु थिए।
विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो।
घटनामा कुनै पनि मानवीय क्षति नभएपनि घटनाको दृश्य भने निकै त्रासदी जनाउने खालको छ । जसको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।











