समितिमा परराष्ट्रमन्त्रीको जवाफ- विपिन जोशीको रिहाइको पहल भइरहेको छ

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल भइरहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले जोशी सकुशल रहेको बताइन्।

उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु। हामीले रिहाइका लागि पहल गरिरहेका छौं। मैले कतारको राजदूतसँग फोनमा कुरा गरेको थिए। उहाँले कतारको परराष्ट्र मन्त्रीसँग कुरा गराउँछु भन्नुभएको छ।’