(धनगढी)कैलालीको कर्णाली नदी छेउको बगरमा बिश्वबाट लोपोन्मुख सूूचिमा रहेको उभयचर प्रजाती खैरो ‘ओत’पाइने गरेको थहा“ भएको छ ।
बिश्वमा १३प्रजातीका पाइने लोपोन्मुख उभयचर ओत नेपालमा ३ प्रजातीका मात्रै पाइन्छन । जसमध्येको खैरो ओत कर्णालीको तल्लो तटिय क्षेत्रको बगरमा पाइने गरेको यसको अध्यायन तथा अनुुसन्धानमा लागेका सस्थाले दावी गरेका छन ।
डल्फिन संरक्षण केन्द्रका सचिव बिजयराज श्रेष्ठले कर्णालीको पश्चिमी भगालो तटिय क्षेत्र चिसापानी , जानकी , टिकापुर ,लम्की चुहा, भजनी मोहना नदी तटिय क्षेत्र र बर्दियाको , राजापुर , र गेरुवा कर्णालीको पुवी भगालोमा तटिय क्षेत्रमा ओतको बास स्थान क्षेत्र मानी अध्ययान तथा अनुसन्धान भईरहेको जानकारी दिए ।
उनका अनुसार शुरुमा कर्णालीमा माछा मार्ने स्थानिय र बालुवामा सुन चाल्ने सुनाहा जातीका केहि ब्यक्तीबाट यहा ओत पाइने गरेको थाहा भएको हो ।
उनले मछिवाला र सुनाहा जातीका ब्यक्तिबाट जानकारी दिएपछि डल्फिन संरक्षण केन्द्रले ओतका बारेमा अध्यायन शुुरु गरेको बताए । ‘यहा खैरो ‘ओत’ को प्रमाणिकरण लागि केहि समय लाग्यो’ उनले भने,‘अहिले बिश्ववन्यजन्तुु कोष नेपालको सहियोगमा कर्णालीमा ओद संरक्षणका लागि नदीमा आश्रित समुुदायको जिविकापार्जन तथा संरक्षणकत्व सवलिकरणमा स्थानिय सस्थाले काम गर्दै आएको छ ।’
चार वटा सस्थाहरु मध्ये डल्फिन संरक्षण केन्द्रले ओतको संरक्षण क्षेत्र घोषणाका लागि निति निर्माण प्रकृयामा काम गर्दैै आएको छ , सुनाहा अधिकार समाजले ओत पाईने क्षेत्रको संरक्षणकत्व, मुक्त कमैया समाजले स्थानिय जिविकापर्जनका माछा मार्ने बाहेकका बैकल्पिक ब्यवसायको सिपतालिम दिने र साना स्तनधारी बन्यजन्तु संरक्षण तथा अनुसन्धान केन्द्रले ओतको बैज्ञानिक प्रमाणिकरणमा काम गर्दै आएको उनले जानकारी दिए ।
श्रेष्ठले सम्भावित ओत पाईने क्षेत्रमा १५ वटा ओत संरक्षण समुुह पनि गठन भएको बताए । उक्त समुह मध्ये टिकापुर ८ नम्वर वडामा पर्ने अरनुुहुना फाटा ओत संरक्षण समुुहलाई एक थान डुुंगा समेत गएको शुक्रवार हस्तानतरण गरिएको छ ।

श्रेष्ठले स्थानिय समुुहलाई ओतलाई नजिकै गएर फोटो खिच्न र अवलोकन गर्न सजिलो पार्न कर्णाली नदीमा डुुंगा चलाएर जान सकियोस भनेर प्रदान गरिएको जानकारी दिए ।
नेपालमा युुरोसिन ओतको अनुसनन्धान सानो भरी, ठुलो भरी, र यसका सहायक नदीहरुमा प्रारम्भिक सर्वेक्षण भईरहेको छ । यसका अतिरिक्त कर्णालीको तल्लो तटिय नदी प्रणालीमा समेत ओत रहेको प्रमाणिकरण भएपछि शुरु भएको डल्फिन संरक्षण केन्द्रका जलचर तथा पंक्षी बिज्ञ हेरुलाल डगौराले जानकारी दिए ।
उनले आईयुुसिन को रातो सूचीमा रहेको स्मुूथकोटेड ओत प्रजाती खतराको नजिक रहेको बताए । उनका अनुसार बगिरहरेको र जमेको गहिरो च्यानेल वा ससाना छुुटियएका भङग्ला नजिक बालुवाका टापुु र नदी तटिय वनको खुल्ला क्यानोपी ओतको मुख्य बासस्थान हुन्छन । उनले कर्णालीमा बैज्ञानिक प्रमाणिकरण तथा अध्यायन खुट्टाको छाप, स्क्याट र कपालको भएको बताए ।
बिरलै एक्लै बस्ने ओत अद्धितीय समाजिक ब्यवहार प्रकट गर्ने गरेको डगौरा बताउछन । माछाको शिकार गर्ने ओतले समुुहमा समान रुपमा बाडफाड गर्ने गर्छन । समान बॉडफ‘ाड नभएको खण्डमा समुहका केहिले संकलन गरेको माछा माथी पिसाव गर्ने गर्छन । उनका अनुसार ओत, मगरगोही। घडियाल र कछुवा एउटै पारिस्थितिक सथनमा मिलेर बस्नने गर्छन ।
डगौराले नेपालमा बासस्थानका अवयवहरु, शिकारको चयन, ब्यवहार ,आनुवंशिक बिश्लेष्ण आदि जस्था पारिस्थितिक पक्षहरुमा गहिरोअध्यायननै हुन नसकेको बताए । नेपालको चितवनका नदीमा ओत रहेको भनिए पनि २०२२ देखि देखा नपरेको उनले बताए । नरायणी र राप्तीमा पनि देखा परेको कुरा बाहिर आएको छ । त्यहा पनि बैज्ञानिक प्रमाणिकरण नभएको बताए ।
जलिय जीवन संरक्षण ऐन १९६१, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तुु संरक्षण ऐन १९७३ , माटो र जलाधार संरक्षण अधिनियमक १९८२, जलस्रोत ऐन १९९२,सिआइटिइएस अधिनियम २०१७, वन ऐन २०१९, पर्यावरण संरक्षण ऐन २०१९ले ओत संरक्षण ट्रिगर ऐनको रहेको उनले जानकारी दिए ।

उथल पुथल 









