थारुको ५ पुस्ता सम्मको संयुुक्त परिवारको बिरासत

(धनगढी) अचेल एक छाकी खानामा २० किलो चामल, १० किलो तरकारी, ५ किलो दाल, करिव २ किलो अचार वा चटनी कस्को घरमा पाक्छ होला र ? त्यो घरमा परिवार सख्या कति होला ? कति पुस्ता सगोलमा बसेका होलान ? स्वभाविक प्रश्न सवैका मनमा उठ्छन नैं ।

आफुुलाई तराईका धर्तिपुत्र मान्ने आदिवासी थारु समुदायमा कयौं परिवार प“ाच पुस्ता सम्म सगोलमैं बस्ने गरेको भेट्टिन्छन । जसमध्ये कैलालीको कैलारी गाउ“पालिका–१ मनाउ“मा रहेको डिल्लीराम कठरिया र पवेरामा अङग्रेज लाल महत्तोको प“ाच पुस्ता सम्म सगोलमै बसेको परिवार छ । कैलारी–७भुुईया“फाटमा फेरुराम चौधरी र हरिप्रसाद चौधरीको तिन पुस्ता संयुुक्त परिवारमा छ। प्राचिन थारु बस्तीमा खोज्दै जाने हो भने अझैं कयौं घर परिवार ४÷५ पुस्ता एकै घरमा भेटिने डिल्लीराम कठरिया बताउ“छन ।

कैलाली मनाउका डिल्लीराम कठरिया चौधरीको ४९ जना बस्ने तिन घर सहित भान्सा आगन
डिल्लीरामको ४९ जना परिवार सदस्यका लागि दिउसै चामल खेलाउदै दुुई महिला ।

डिल्लीरामको परिवारमा ४९ जना छन । वुुवा देखी पनाती सम्मको प“ाच पुस्ता सगोलमै रहदैं आएको उनले बताए । ‘तिन वुवा भाईका प“ाच छोराभाईको पनाती सम्मको पुस्ता एकै छानो मुनि छौ’उनले भने,‘सवैका लागि खाना एकै चुल्होमा पाक्छ ।’

कैलाली मनाउका डिल्लीराम कठरिया चौधरीको ४९ जनालाई पाक्ने भान्सा घर भित्र । खाने समयमा नपुुग्ने परिवारका सदस्यका लागि बडको भाडामा छोपेर झुुन्डाएको खाना

उनका अनुसार पा“च वुवाभाई मध्ये जेठा अङग्रेज लाल कठरिया गत बर्ष बिते । अहिले घरमा जेष्ठ नागरिकका रुपमा ३ वुुवाभाई मात्रै रहेका छन । जेठा स्वं. अङग्रेज लालका ७ छोरा ७ बुहारीबाट १२ नाती १ नातेनीबुहारी र १पनाती गरि २८ जना छन । माहिला रामचन्द्रका बुढाबुढी २ , छोरा ३, बुुहारी २, नातीनातेनी ३ गरि १० जना छन ।
त्यसैगरि साइला भाइ स्व.लक्षमणलालकी कान्छी श्रीमती मात्रै छिन । काइला भाइ चुुनराम, उनकी श्रीमती , १ छोरा, १ बुुहारी, र १ नाती गरि ५ र कान्छा भाई दया शंकरका श्रीमती सहित ३ छोरा गरि ५ जना रहेका छन । जम्मा ४९ जनाको परिवार सख्या एउटै घरमा नअटाउने भएपछि लहरै तिन घर थपेका छन । तिनै घरमा चार भाई छोरा÷बुहारी बस्छन । भान्सा घर अलग्यै छ ।
दैनिक ४० किलो चामल ,३०÷३५किलो तरकारी पाक्ने डिल्लीरामको घरमा चा“डबा“डको बेला एकै दिन एक क्वीन्टल रासन सकिने गरेको उनले बताए । ‘माघी लगायत मुख्य चाडवाडमा चेलीबेटी र आफन्त बोलाउदा खान खुवाउन बसाउन मुश्किलै पर्छ’उनले भने,‘तरपनि ठुुलो परिवामा किसानीमा मान्छे जुटाउनुु पर्दैन । अर्दापर्दामर्दा परिवारकै सदस्य काफी हुुन्छन ।’

डिल्लीराम कठरिया चौधरीको ४९ जना परिवार सदस्यका लागि दिउसै तरकारी बनाउदै दुुई महिला ।

डिल्लीरामको घरमा भेटिएका सदस्यहरुको पुरानो तस्विर

उनका अनुसार ठुुलो परिवारमा कामको जिम्मेवारी र ब्यवस्थापन महत्वपुर्ण पक्ष हो । थारुसमाजमा जसरी भलमन्सा छानिन्छ, त्यसरीनै थारुको परिवारमा घरमुलि अथवा किसनुवा छान्ने चलन छ । परिवारको जेठो भन्दा पढेलेखेको, जान्नेबुुझने सदस्यलाई घर मुली छान्ने प्रचलन छ । डिल्लीराज आफनो घरका घरमुलि पनि हुुन । उनी माहिला रामचन्द्रका जेठो छोरा हुन ।
‘परिवारका सवै सदस्य मिलाएर बसाउन सक्ने घरमुलीमा हुनु पर्ने पहिलो खुवी हो’ डिल्लीरामका जेठा वुवाका छोरा भिकरामले भने । उनले घरमुलिले परिवारका जनशक्तिलाई मुख्यगरि तिन क्षेत्रमा बिभाजन गरि जिम्मेवारी र ब्यवस्थापन गरिने गरेको बताए । उनका अनुसार भान्सा , किसानी र बाहिरको आम्दानी गर्ने समुहमा परिवारका सदस्य ब“ाडिएका हुन्छन ।
उनको घरमा भान्सामा काम गर्ने चार जना गृहणी दिनहुु खटिने गर्छन । चार जना गृहणी महिलाले पनि आपशमा मिलेर काम बिभाजन गर्ने गरेको भान्सेको मुख्य जिम्मेवारीमा बसेकी किस्मतीले बताईन ।
‘कसैले भात र तरकारी मात्रै पकाउछन । कसैले पानी भर्ने , भाडाबर्तन धुने र घरको सरसफाई गर्ने काम गर्छाै’उनले भनिन, ‘घरका १५÷१६ जना गृहणीमा चार जनाले मात्रै सदैंभरि चुल्होचौकोको काम गर्ने होईन । डेढ÷डेढ महिनामा पालो फेरिन्छ ।’ उनले पालो फेरिदा भान्साको काम गर्ने, बाहिर खेतबारीमा र खेतीपातीको काम गर्ने भान्सामा सरुवा हुने गरेको बताइन ।
‘सानो परिवारबाट ठुुलो परिवारकी बुुहारी भएर आउ“दा शुुरुमा अप्ठारो रअसहज जस्तो लाग्थ्यो ’ किस्मतीले भनिन,‘ २÷३ महिना पछि ठुलो परिवारमा काम गर्न राम्रो लाग्न शुरु भयो । अहिले माइत जादा परिवारमा कोहि मान्छेनै छैन जस्तो लाग्छ ।’उनले हरेक दिन राईस मिलमा एक क्वीन्टल धान कुटिने गरेको बताइन । उनको परिवारको आफनै राईस मिल भएकोले कुटाई खर्च तिर्नु पर्दैन । ‘आफनो मिल नहुदा पहिला घरका चार जना महिला सदस्यको दिनभरीको कामनै ढिक्की (घरेलु प्रविधि)मा धान कुट्ने हुन्थ्यो’उनले भनिन,‘अहिले त्यो दुख्ख छैन ।’
उनले दाल भात तरकारी संगै पकाउन नपर्ने बताईन । उनका अनुसार थारु समुदायमा भात संग तरकारी मिसाएर खाने चलन बढी भएकोले कहिलेकाहि मात्रै दाल पाक्छ । रोटीका लागि पिठो पनि २०÷२२ किलो चाहिन्छ । तर रोटी पकाउन नसकिने र थारुमा रोटी पहाडिया समुदायको जस्तो दिनदिनै खाने चलन नभएको बताइन । ‘रोटी कुनै घरको सदस्यले खान चाहेमा मात्रै पाक्छ’ उनले भनिन,‘ तर पिरो बढी खाने थारुको भान्सामा चट्नी र अचार खुर्सानीकै हुने भएकाले कहिले एक किलो खुर्सानीे एकै दिनमा सकिन्छ ।’

घरमुलि डिल्ली कठरियाले खाद्यन्न खरिद गर्नुु पर्ने स्थिती अहिले सम्म नआएको बताए । उनका अनुसार उक्त परिवारले २४ बिगाहा जग्गा कमाउने गरेको छ । जसमध्ये उनको आफनो ५ कट्टा जग्गामा घर आगनले मात्रै ओगटेको डिल्लीरामले भने । ‘परिवारका लागि खाद्यन्न पुुगाउन २४बिगाहा जग्गा गा“उका जमिनदार किसान र स्कुलको हो’ उनले भने, ‘अधिया र ठेक्काबाट कमाएको अनाजले बर्षभरि खान पुुगेर घर खर्चका लागि बेच्ने पनि गरेका छौ ।’
उनले धान अधिया र ठेक्काबाट ७ सय देखी १ हजार क्वीन्टल र गह“ुु ३ देखी ५ सय क्वीन्टल आउने गरेको छ । उनको ४९ जनाको परिवारका लागि ५सय क्वीन्टल धान र २ सय क्वन्टल गहु“ भए पुुग्ने उनले बताए । थारुको उक्त ठुलो परिवारका ५ जना छोराभाइले मेडिकल , किराना पसल, भेटनरी , राइस मिल चलाउने गरेका छन । बा“की सवै किसानीमै रहेका छन ।
किसानी गर्दा सजिलो होस भनेर तिन वटा ट्याक्टर र एउटा गहु“ काट्ने आधुनिक मशिन पनि खरिद गरेका छन । आफनो खेतीपातीको काम बाहेक ट्याक्टर र गहु काट्ने मशिनको प्रयोग गा“उमा ज्यालामा पनि लगाउने गरेका छन । यसबाट भएको आम्दानीले घरखर्चलाई निकै सहयोग पुगेको डिल्लीरामले बताए ।
कैलारीको पवेरामा रहेको अर्काे अङग्रेज लाल महत्तोकोे सगोलको परिवार पनि चार पुस्ताको छ ।

अङग्रेजलाल महत्तोको घरमा भेटिएका परिवारको सख्या । दिउसो कामका लागि खेतमा बाहिर बजारमा गएकाले सवै परिवार भेटिएन । उनको परिवार सख्या ५१ जनाको छ ।

बि.स. १९८८मा जन्मेका अङग्रेजलाल चार पुस्ताको सगोल परिवारको सख्या ५१ जनाको छ । उनका ६ छोरा ७ बुहारीका २२ नातीबुुहारी, १५ नाती नातेनी रहेका छन ।
उनको परिवारमा भान्सा , खेती र बाहिरको कामको जिम्मेवारी र ब्यवस्थापन गर्ने घरमुलि रामकृष्ण चौधरी हुन । जेठो,माहिलो , साइलो र कान्छो घरबाहिरको धन्दामा रहेकोले काइलो छोरालाई घर मुलि बनाएको अङग्रेजलालले बताए । शिक्षक पेशाबाट रिटार्यड जेठा रामनरायण पहलमानपुर र कान्छो छोरा धनगढीमै परिवार सहित बसेकाले डिल्लीरामको परिवारको जस्तो उनको सवै परिवारका लागि एकै चुल्होमा खाना पाक्दैन ।
तरपनि भान्सेको जिम्मेवारीमा २ महिला नियमत खटिन्छन । दुुई महिलाले साझ बिहान २०÷२५ जनाका लागि खाना पकाउनु पर्छ । चाडपर्वका बेला परिवारका सवै सदस्य जमघट हुदा घरमा भोज लागे जस्तो हुने गरेको यो महिना भान्सेको जिम्मेवारीमा बसेकी परदेसी चौधरीले बताईन ।
उनले बिहान ५ बजे देखी भान्साकै काममा घरकी दुुई बुहारीले खटिनुु पर्ने बताईन । ‘बिहानै उठेर चुल्हो बाल्न शुरु गरि हाल्नु पर्छ’ उनले भनिन,‘काम खाना पकाउने , पस्कने , भाडाबर्तन धुने , पानी भर्नेमै समय बित्छ ।’उनको घरमा पनि १० किलो जति चामल पाक्ने गरेको छ ।
‘बिहान ७ बजे खाना तयार हुन्छ’उनले भनिन, ‘जस्को जति बेला खाने समयमा आउछन , खान्छन र आफनो काममा लाग्छन । को खाएको भोको आफुलाई केहि थहा हुदैंन ।खाना मागे पछि दिने हो । सकियो भन्न मिलेन तुरुन्तै पकाएर पनि दिन सक्नु पर्छ ।’सानो परिवारबाट आएकी परदेशीलाई पनि केहि महिना अब्यस्त हुननै समय लागेको बताइन ।
गंगारामले थारु परिवारमा महिलाको मात्रै हैन् स्कुले केटाकेटी बाहेक घरका बयस्क सदस्यको पनि कामको जिम्मेवारी बा“ढफ“ाढ हुने गरेको बताए । ‘आ आफनो क्षेमता र सिपबाट आम्दानी पेशामा लाग्नु पर्छ’ उनले भने,‘बाहिर कमाउन नसक्ने खेतीपातीको काम गर्नु पर्छ ।’
उनको परिवारको २० बिगाहा जग्गाले खान पुुग्ने उनले बताए । २० बिगाहा जग्गा उनको घरमा रहेका परिवारका सदस्य आफैले कमाउने गरेका छन । खाद्यन्न बर्षभरि पुुगेर बेच्न समेत पुुगेको बताए ।
कैलारी ७ भुुइयाफाटाका हरिप्रसाद चौधरीको पनि ठुुलै परिवार छ ।

हरि प्रसाद घरमा भेटिएका जतिको सख्या परिवारको सख्या । दिउसो कामका लागि खेतमा बाहिर बजारमा गएकाले सवै परिवार भेटिएन ।

हरिप्रसादका वुुवा फुुलपातीको पनाती पुस्ता हुर्कदै छ । फुुलपातीका ३ छोरा ÷बुहारीबाट बढेको परिवारमा पनाती पुस्ता सम्म सगोलमा बस्दा ३१ जनाको परिवार सख्या पुुगेको हरिप्रसादले बताए ।
उनको परिवारका २ जना पुरुष कामका लागि भारत गएका छन । घरमुलि हरि प्रसाद र अर्का भाईको स्थानिय बजारमा पसल छ । ब“ाकी सवै खेतिपातीमा संलग्न छन । कमाउने उमेर नपुुग्दा सम्म वुवालाई हुुर्काउन समस्या भएपनि अहिले त्यति साहे नभएको उनले बताए ।
‘ठुलो परिवार कसरी मिलेर बसेका होलान जस्तो लाग्ने मात्रै हो’उनले भने, ‘ठुुलो परिवारमै हुर्केकाहरुलाई बरु सानो परिवारमा बस्दा गाहे हुने गरेको बिवाहा गरेर गएकी छोरीहरु बताउने गरेका छन ।’ उनले कामको जिम्मेवारी सवैले बहन गरे, घर फुटने डर नहुुने बताए ।
उनले कहिलेकाहि ठुलो परिवारमा कसैको मगनी र बिवाहा जस्ता कार्यमा समान्य बिवाद सिर्जना हुने गरेको बताए । ‘तर घरमुलिले जेष्ठ नागरिकको राय सल्लाहाबाट समस्या समाधान गर्नु पर्छ’ उनले भने , ‘आर्थिक कारोवार घरमुलिले गर्ने भएकोले कसैले ‘कुन्टी’ बाध्न पाउदैन ।’ उनका अनुसार ‘कुुन्टी’ भनेको परिवारका सदस्यले आफनो सन्तानको स्वार्थका लागि लुकाएर राख्ने बचत धन हो ।
उनले घरमुलिको नाममा मात्रै बैंक तथा नगदी कारोबार हुने गरेको बताए । घरमुलिकै निर्देशन र सल्लाहामा घर परिवारका सवै सदस्यले चल्नु पर्ने बताए ।
कैलारी ७ भुुइयाफाटाका भलमन्सा फेरुराम चौधरीको पनि २४जनाको ठुुलै परिवार संयुुक्तमा बस्छ ।

फेरुलालको ो घरमा भेटिएका जतिको सख्या परिवारको सख्या । दिउसो कामका लागि खेतमा बाहिर बजारमा गएकाले सवै परिवार भेटिएन ।

उनले आफना चार भाईको परिवारलाई साथसाथमै राखेका छन । ‘थारुको एक गाउ“ समेत एकै घरको बिधि र बिधान बनाएर बसेको हुन्छ’उनले भने,‘त्यसैले थारु समाजमा संयुुक्त परिवारमा बस्ने चलन समान्य हो ।’
उनले प्रजान्त्रिक ब्यवस्थाको अनुपम नमुना थारुको समुदायमा रहेको बताए । ‘ परिवार र समाजमा काम कर्तब्य अधिकारको समान ब“ाडफाड र उपभोग शैली हुन्छ’उनले भने,‘त्यसैले थारु संयुक्त परिवारमा बस्दै आएका छन र भलमन्सा रिवाज पनि जिवित छ ।’ उनले घर र समाजको मुख्या माघीको प्रजान्त्रिक प्रणालीबाट हुने गरेको बताए ।