पञ्चेश्वर र पश्चिम सेती एक सपना

 

सुदूरका दुई ठुला नदीमा बन्ने भनिएका बहुचर्चित आयोजना पश्चिम सेती र पञ्चेश्वरले स्थानियलाई पछायो मात्रै । आयोजनाले गति लिन सकेको छैन ।

मुआव्जाबाट पहाडको सकसपूर्ण जीवनबाट पार लाग्ने, व्यवस्थित बस्तीमा आधुनिक सुबिधाको सुखभोग गर्न पाइने, गरिबीबाट उकास्ने जस्ता सपना देखाएको आयोजनाले तेस्रो पुस्ता बुढ्यौली लाग्दा सम्म उस्तै छ ।अहिले आएर भने उनिहरुका आशाहरु तुहिदै गएका छन् । उराठ लाग्दो पहाडको जिवनबाट मुक्त पाउने आशले थातथलो बिर्सन थालेका स्थानिय अब भने बिस्तारै मोह बढाउन थालेका छन् ।

पश्चिम सेती आयोजनाको प्रभावित ढुंगाड क्षेत्र ।

बाटोघाटो, कुला पधेरा, खानेपानी, सिचाई, तटबन्ध निर्माणका लागि सक्रिय हुन थालेका छन् । बिगतबाट पाठ सिक्दै थातथलोमा बसुन्जेल पूर्वाधार चाहिदो रहेछ भनेर दौडधुप बढाइ रहेका भेटिन्छन् ।
भबिष्यको आश गर्दै गाउंको सडक, शिक्षा, स्वास्थ्य, बिद्युत, खानेपानीका समस्याहरु सबैले आखा चिम्लेर सहेका थिए । चार दशक देखि कहिल्यै उनीहरु बिकास माग्न अन्यत्र गएनन् । अरुबाट पनि बिकास निर्माणका लागि पहल भएन ।

सेती किनारका बासिन्दा पश्चिम सेती आयोजनाले पारेको अन्नौल बारे दुखेसो ब्यक्त गर्दै स्थानिय

आयोजनाको सुरुसंगैं आउने बिकासले जिवनस्तरमा सुधार हुने आशा र मुआब्जा बाट फेरिने जिवनबाट प्रभावित क्षेत्रका बासिन्दा मख्ख भई बसें । थरि थरिका सपनाहरु बुन्न थाले ।
पश्चिमसेतीले देखाएको सपना
जब पश्चिम सेती परियोजना निर्माण शुरु भयो । बिभिन्न आशाहरु देखिन पुगे । खेतको अन्नभन्दा मुआव्जाबाट फेरिने जीवनशैलीप्रति लोभिन थाले । बैतडी ढुंगाडका लोक बहादुर चन्दले मुआब्जामा देखिएको लोभले आफ्न्तलाई जग्गा बाढ्न समेत पुगेको बताए ।
त्यतीबेला उनले आर्थिक रुपले कम्जोर अवस्थामा रहेका आफ्ना छोरीज्वाई, इष्टमीत्रहरुको नाममा जग्गा बाढेको बताए । ‘एकको तिन रोपनी पाउने हल्ला चल्यों’ उनले भने‘तराईमा छोरीज्वाई र इष्टमित्रले पाउंन भनेर उनीहरुको नाममा पनि एक÷एक रोपनी नामसारी गरें ।’
त्यसबेला उनले आफ्नो नाममा रहेको जमिन बिबाहित दुई छोरीका नाममा पनि हाले । केही बहिनीहरुलाई पनि बा“डे । आफ्ना पुरोहितलाई दान गरे । ‘म संग २२ रोपनी थियो । बढ्दैं सात गयो । त्यैपनि एक÷तिन पाउदा तराईको जमिनदार हुन्छु सम्झिए’, चन्दले भने–‘किन छोरी बहिनीलाई तराईवासी नबनाउने भनेर नाममा हाले तर त्यो सपना मै रह्यो ।’
त्यस्तै हर्क बहादुर चन्दले गाउमा आएका खानेपानी,सिचाई तटबन्धका योजनाहरु समेत अरु वडामा पठाइ दिएको बताए । ‘त्यो बेला सबैले अनेकौं सपनाहरु देख्यौं’,उनले भने–‘घरको काम गर्न, गाउको बाटोघाटो मर्मत, सम्पदाहरुको संरक्षण पनि गर्न छाड्यौं ।’

ढुंगाडकै बीर बहादुर महराले भत्किएको घरसमेत मर्मत गर्ने मन नलागेको बताए । जलबिद्युत आयोजना निर्माणका लागि काम गरिरहेको स्मेक कम्पनीले गाउका युवाहरुलाई प्रभावीत क्षेत्रका बासिन्दाहरुको लगत संकलन गर्ने, उनीहरुका माग र इच्छाबारे सुचना टिप्न दैनिक खटाउदा महरालाई आफ्नो गाउ कतिबेला छोड्ने हो भन्ने लाग्थ्यो । ‘छोड्नु पर्ने गाउघरको के माया गर्नु भनेर चुहिएको छानो समेत टाल्न सकेन’, महराले भने–‘त्यो बेला कल्पनै कल्पनामा दिनहरु बित्थे, चुहिन लागेको छाना पनि टाल्न जागर लागेन ।’
गाउंका मुखिया चन्दका अनुसार सेतीका किनारमा रहेका खेत,बस्ती जोगाउनतिर ध्यान दिन छोडे । बोटबिरुवा हुर्काउन, बृक्षारोपण गर्नेतर्फ चासो जान सकेनन् । प्राकृति सम्पादाको संरक्षण भएन । तटवन्धन तर्फ पनि कुनैं पहल भएन ।
बस्ती बन्यो बगर

पश्चिम सेती पावर हावस बन्ने भनिएको डोटीको रोत भिर

सपनाहरु हेर्दा हेर्दै ०५७ सालमा सेतीमा आएको बाढीले मलिलो जमिन बगर बन्यो । बाढी गाउ पस्यो । घर, खेतबारी बगायो । बचेका खेतहरु बाढीको बालुवाले ढाक्यो । ‘बिस्थापित भईनेले चर्चाले तटवन्धका योजना ल्याउने कार्यक्रममा जोड गरिएन । नत्र भु–क्षय, जिल्ला बिकास , गाविसबाट थोर थोरै रकम मागेर पनि गाउंको सुरक्षाका लागि तटवन्ध गरिन्थ्यो।’
अर्का स्थानिय खडक चन्दका अनुसार बाढी पस्न सुरु भएपछि सयौं युवा पेटपाल्न भारत छिरे । गाउमा अनिकाल सुरु भयो । गोजीमा पैसा हुनेले किनेर पेट पाले, नहुनेले भारतमा नोकरी गरेर जीवन धाने । त्यसयता किनारका ढुंगाड र तलारमा बर्षेनी बाढीले क्षती गर्दै आएको छ ।
त्यसबेला सेती किनारका ढुंगाड र तलरावासीका खेतहरु एक माना बिउले चार बोरी धान फलाउथ्यो । बर्षभरी खान पुग्थ्यो । बचत अनाज कुनैबेला दिपायल, चैनपुर, डडेल्धुरासम्म खाद्यान्न बेचिन्थे ।
स्थानिय एमाले नेता राजेन्द्र चन्दले निर्माण कम्पनीले सपनालाई सजाउने काम गरेको बताए । निर्माण कम्पनी स्मेकले जलाशयबाट डुवानमा पर्ने डडेल्धुरा, बैतडी र बझांगका नौ गाविसका करिव ५ हजार घरपरिवारका लागि तराईमा पुर्नस्थापना गर्ने भनेर जग्गा खोजेर देखाउने काम समेत गरेको थियो । त्यसबेला कैलालीको लालपुर, श्रीपुर , चुहा , लम्की , बहुनिया , हसुलिया लगायतका क्षेत्रमा जग्गा खोज्ने र त्यंहा लगेर स्थानिय प्रतिनिधिहरुलाई देखाउने काम सम्म भएको थियो ।
‘पटक पटकका आशाहरु कुल्चीएपछि पश्चिम सेती बन्दैन भन्नेमा बढी बिश्वस्त छौं,’ शारदा माध्यमिक बिद्यालय ढुंगाडका प्रधानाध्यापक मीन बहादुर चन्दले भने–‘बिगतमा देखेका आशाहरुलाई खराब सपना सम्झेर बिकास पूर्वाधारहरुका लागि जुर्मुराइरहेका छौं ।’
उनले नेता,पत्रकार,माननीयहरु लगाएतलाई बिकास माग्न दौडधुप गरिरहेको बताए ।
उनका अनुसार अहिलेसम्म तलार र ढुंगाडबासीले शुद्ध पीउनेपानी पाउन सकेका छैनन् । सेती नदिकै पानीले खाना पकाउने, तिर्खा मेट्ने गरिरहेका छन् । भर्खरैमात्र सम्पन्न ढुंगाड गाबिस परिषदबाट गाउमा सडक ल्याउन रकम छुट्याउन लगाएका छन् । डडेल्धुराको बेलादेवीपुर गाबिससम्म पुगेको सडकबाट ८ किलोमीटर ट्रयाक खोलेर ढुंगाडसम्म ल्याउन तयारी गरिरहेका छन् ।

पश्चिम सेतीको कारण बिकासमा पछाडी परेको ढुंगाड को एक गरिव परिवार । पृष्टभुमिमा भत्केको घर समेत अधुरै ।

त्यस्तै भगवती माबिका ब्यवस्थापन समितिका अध्यक्ष डम्बर सिंहले पश्चिम सेती बन्नेमा शंका भएपछि बाध्य भएर सडक ल्याउनु परेको बताए । उता डोटीको लामिखाल गाबिस तलार गाउका बासिन्दाले आफ्नै स्रोतबाट बजेट जुटाएर सडकको ट्रयाक खोलेका छन् । बर्षौदेखि पैदल हिडेर आवत जावत गरेपनि दुई महिना अघिमात्र तलारबासीले ८ लाख खर्च गरेर सडक पु¥याएका हुन् ।
कहिले देखीको चर्चा ?
फ्रान्सेली कम्पनी सोग्रेहले २०३७ सालमा सेती नदीमा पहिलोपटक जलबिद्युत आयोजना सम्वन्धी अध्यायनको सुरुवात गरेको थियों । उस्ले त्यसबेला ३७ मेगावाटको जल बिद्युत आयोजना निर्माण गर्न सकिनें निष्कर्ष निकालेको थियों । त्यसको ६ बर्षपछि ०४३÷०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन निकाल्न सकिने भन्दैं स्नोई माउन्टेन इन्जिनियरिङ (स्मेक)नामक अस्टे«लियन कम्पनीले यसको निर्माणमा रुची देखाएको थियों । उस्ले फेरी ०५४ मा ७ सय ५० मेगावाट निकाल्न सकिनें ठहरका साथ नेपाल सरकार संग आयोजना बिकास सम्वन्धि सम्झौता गरेको थियों ।
तर आयोजना पहिचान भएको ४० बर्ष बिति सक्दा समेत निर्माण कार्यको थालनी हुन नसक्दा सेती किनारका बासिन्दा बिकासको गतिबाट पछाडी धकलिएका हुन ।
स्मेक कम्पनीको आर्थिक पक्षलाई बलियो पार्न नसकेर अगाढी बढाउन नसकेको आयोजनाको त्यसबेलाको अनुमानित कुल लागत मुल्य १ खर्व २० जति थियों । भारत , चीन , एडीवी साझेदार रहेको यस आयोजनामा निर्माण कम्पनी स्मेकको कुल कजेटको मा २८ प्रतिशत मात्रैं लगानी थियों । यसमा नेपाल सरकारले १५ र , नेपाली लगानीकर्ता १४ गरि २९ प्रति लगानी गर्ने समहती भएको थियों । यसैबिचमा निर्माण कम्पनीले गरेको ढिलाई लगायतका कारण देखाउदैं नेपाल सरकारले साउन २०६८मा स्मेकले पाएको आयोजनाको निर्माण अनुमति पत्र रद्द गरेको हो । स्थानिय डम्वर सिहले थ्रि गर्जेज कम्पनीबाट असार सम्म काम भएको बताए । उनले पानी नाप्ने , ढुंगा तथा माटो चट्टान जाच्ने लागतयका केहि काम गरेका थिए । ‘तर असार पछि सवै समान बिवारे अवस्थामा छोडेर गएका छन’उनले भने‘ यसपछि फेरी पश्चिम सेती निमाृण काम हुन्छ की भन्ने आशा अन्यौलमैं प¥यो ।’

यस पछि २०६८मा यस आयोजनाको निर्माण थ्रि गर्जेज कर्पाेरेसनले हात हालेको छ । यस कम्पनीले तत्कालिन समयमा उर्जा मन्त्रालय संग सम्र्झौता गरेको हो । तर अहिले सम्म यस कम्पनीले आयोजनाको निर्माण कार्य सुरु गरेको छैन ।
पञ्चेश्वर पर्खदै

पञ्चेश्वर आयोजनको प्रस्तावित पावर हावस स्थल ।

उता पञ्चेश्वर पर्खदैं बैतडीको तल्लो स्वराडका तेस्र्राे पुस्ता समेत बुढो हुन थालेको छ । ‘हामी सानै छदा चर्चा सुनिन्थ्यो, छोरा नातीले पनि पञ्चेश्वरको बिजुली देख्न नपाउने भए ।’ ७० बर्षिय धर्मसिह साउदले भने्, ‘अध्ययन हुदैछ भन्ने पुरानै कुरा हो, कहिले बन्ने हो टुंगो छैन ।’
चर्चा चलेको बर्षौंपछि ०४४ मा बैतडीको पञ्चेश्वर–७ रोलघाट नजिकै आयोजनाको साईड कार्यालय खुलेको थियो । त्यतिबेला देखी तल्लो स्वराडका जनताले जिवनस्तरमा सुधार हुने आशा पाल्न थालेका थिए । त्यसभन्दा अघि आयोजना निर्माण स्थलसम्म पुर्याउन ०३९ सालमा बैतडीको पाटनदेखि पञ्चेश्वर जोड्ने सडक निर्माण सुरु भएको थियो । उक्त सडक बल्ल कुलाव पुगेको छ । आयोजना सुरु भए गाउसम्म सडक आएर जीवनस्तर फेरिने आशमा बसेका स्थानीयले ३ दशक बिताएका छन् ।
‘पञ्चेश्वर आयोजनाबाट तत्लो स्वरोड क्षेत्रमा सडक, बिजुली, गाउमै रोजगारी, ब्यापार लगायतका विकास भित्रिने आशा पुरा हुन सकेको छैन’ पञ्चेश्वर गाविस ७का कृष्णसिह घटालले भने‘ डुवान क्षेत्रमा परेका बस्तीको तराईमा पुर्नस्थापित हुने आशा हराउन पुगेको छ ।’
अहिले आयोजना स्थलमा कुनै काम नहुदा स्थानीय बासिन्दा निर्माण हुनेमा ढुक्क हुन सकेका छैनन् । आयोजना स्थलको माथिल्लो क्षेत्र शिवनाथ, मेलौली, कुलाउ लगायत क्षेत्रका बासिन्दा पञ्चेश्वर निर्माण स्वराडको कायापलट हुने आशामा थिए । उनीहरु कालोपत्रे सडकसंगै आउने विकासले दैनिकी सहज हुने विश्वास अझै हराएको छैन । ‘पञ्चेश्वर निर्माण भए स्थानीयले रोजगारी पाउने रोजगारीले भारत जानुपर्ने दिन हराउनेछन् ।’ शिवनाथका धनसिह धनाडीले भने, ‘अहिले कल्पना मात्रै लाग्छन्, अझै एक पुस्ता सम्म पुरा हुने संकेत देखिदैन ।’
१० बर्षअघि गाउमा आएर आयोजनाका प्रभाव बारे छलफल गरेको स्थानीय बताउछन् । ‘अहिले नै बन्छ भनेझै गाईबस्तु र रुख समेत तथ्यांक लिए ।’ स्थानीय हरिसिंह घटालले भने, ‘कहिलेकाही आयोजना स्थलमा कर्मचारी आएका देखिन्छन्, काम केही देखिएको छैन ।’

पन्चेश्वरमा ५० मिटर भित्र खनियो सुरुङ्ग । यस्तै सुरुङ्ग भारत तर्फ पनि खनिएको छ ।

महाकाली पारिको भारतीय गाउका बासिन्दाको अवस्थापनि उस्तै छ । उनीहरुपनि आयोजनाको पर्खाइमा छन् । पञ्चेश्वर परियोजनाले बगरको बसाई सकिने र विकासको ढोका खुल्ने आशा त्यत्किै थन्किएको सीमापारिको भारतीय रोडीरम्ती गाउका प्रेमसिंह कार्कीले बताए । ‘दुवै तर्फ बसोबास गर्नेको अवस्था उस्तै हो, हाम्रो गाउमा सडक र बिजुली पुगेर केही सहज छ । पञ्चेश्वर निर्माण भए अन्य सुविधा पाउने आशा पुरा हुन सकेको छैन ।’
पछिल्लो समय आयोजनाको डीपीआर बारे छलफल हुदै आएपनि प्रभावित क्षेत्रका बासिन्दा बेखबर छन् । स्थानीयले जीर्ण बन्दै गएका आयोजनाको साईट कार्यालय, माटो परीक्षणकालागि नेपाल र भारत दुवैतर्फ बनाएका ५० मिटर लामो सुरुंग, पानीको बहाव नाप्ने गेजरिडर र बर्खामा नदी वारपार गर्ने ट्रली बाहेक संरचना देख्न पाएको छैन । डीपीआर बनेको रेडियोबाट थाहा पाएपनि प्रभावित क्षेत्रका बासिन्दालाई अन्य कुनै जानकारी नभएको स्थानीय प्रकाश साउदले बताए ।
पञ्चेश्वर के हो ?
नेपाल र भारत सीमाको महाकाली नदीमा बिद्युत निकाल्ने योजना पञ्चेश्वर हो । यसबाट बिद्युतसंगै सिचाई सुविधा समेत हुनेछ । भारतले सन् १९५६ देखि यसको अध्ययन सुरु गरेको थियो । दुवै देशका सरकारबीच ०५२ मा सन्धी भएपछि संयुक्त लगानीमा बनाउने निर्णय भएको थियो ।

पन्चेश्वर आयोजनाको प्रभावित बस्ती।

बैतडीको पञ्चेश्वर गाविसमा पर्ने रोलघाट नजिकैं महकालीमा ३ सय १५ मिटर अग्लो बांध बाधेर पानीबाट बिद्युत उत्पादन र सिचाईको सुबिधा समावेश गरिएको आयोजना हो । ६ हजार ६ सय ९० मेगावाट बिद्युत उत्पादन गर्ने यो आयोजनाले नेपाल तर्फ कञ्चनपुर र भारतका केही भागमा समेत सिचाइ सुबिधा उपलब्ध गराउने योजना समेत बुनेको छ ।

बाल्यकालमैं पञ्चेश्वर चर्चा सुनेकी एक ७५ बर्षे बृद्धा आफ्नो घर आगनमा । उनको नातीलाई समेत ३० बर्ष पुग्न थालिसक्यो । तस्विर मोहन बुढाऐर ÷कान्तिपुर

आयोजनाले नेपाल र भारतमा ७५ वटा गाउको १२ हजार १ सय किलोमिटर क्षेत्र डुबान हुनेछ । नेपाल तर्फ ५ हजार ७ सय ३९ बर्ग किलो मिटर र भारत तर्फ ६ हजार ३ सय ६१ बर्ग किलोमिटर क्षेत्र डुवानमा पर्नेछ । पछिल्लो समय भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि उर्जा ब्यापार सम्झौता (पीटीए) र आयोजना बिकास सम्झौता (पीडीए) मा दुई हस्ताक्षर भएपछि पुनः डीपीआर बनाउने सुरु गरेको थियो ।