अम्रिसोखेतीले आम्दानी दिदैं

(कञ्चनपुर ) चुरेको जंगलतिर पाईने अम्रिसो कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर १ दोमिल्लाका ऐश्वर्य सामुदायिक वन उपभोक्ताले करेशावारी झैं लगाएको पाइन्छ । गाईभैसीको घासका लागि मात्रैं नभएर, घरखर्च धान्न उनिहरुले अम्रिसो लगाउन शुरु गरेका हुन ।
समुहले सामुदायिक वनको खुल्ला ठ“ाउमा अम्रिसो खेती गरेर आम्दानी गर्न शुरु गरेपछि उपभोक्ताहरु आर्कषित भएका हुन । अहिले थोरैं जमिन भएकाले करेशावारी झैं एक÷आधा कामा त कसैले ४÷५ का जमिनमा पनि लगाएका छन । थोरै जमिनमा लगाउने उपभोकताले पनि अम्रिसोबाट बर्षमा २०÷२५ हजार रुपैया घर खर्च निकाल्ने गरेका छन । पाच कामा लगाउने बर्षमा एक लाख सम्म आम्दानी गर्न सकेको ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष इन्द्र बहादुर बुढाले बताए ।
‘कुनैं बेला अम्रिसो बिशुद्ध घासको रुपमा मात्रैं हेरिन्थयो । यसलाई बैकल्पिक आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने कुरा कल्पना समेत गर्न सकिदैंन्थयो’ दोमिल्ला उपभोक्ता समुहका सचिव दामोदर जोशीले भने,‘ अहिले घरमा केहि गर्न नसक्नेले पनि एक सय झाडो सम्म बनाएर बजारमा बेच्न सक्यो भने दश हजार कमाउछ ।’
उपभोक्ता झंकर साउदले करिव अढाई कट्टामा अम्रिसो लगाएको बताए । उनले फुलिसकेको अम्रिसोबाट झाडो बनाएर बजारमा बेच्दा ४० हजार सम्म आम्दानी गर्ने गरेको बताए । ‘एउटा झाडो बजारमा थोकरेटमैं बेच्दा पनि ६० रुपैया मुल्य पाईन्छ’उनले भने,‘ २÷३ कामा लगाएको अम्रिसोबाट एक हजार झाडो निकाल्न सकिन्छ । न्युनत्म ५÷६ सय झाडो तयार पार्दा पनि आम्दानी राम्र्रै हुने बताए । येति दुई÷तिन कट्टामा परम्परागत खेतीबाट आम्दानी गर्न सकिदैंन ।
उनलेथोरैं जग्गामा लगाउने उपभोक्ताले सय झाडो बजारमा बेच्दा पनि नुनतेल खर्च निस्कने गरेको सुनाए । ‘अम्रिसोको पात भैसीलाई घास , डाट र फुलबाट झाडो बन्छ’उनले भने,‘ करेशावारीका रुपमा कम लगाउनेले झाडो किन्न पर्दैन, भैसीलाई पनि यसको घास खुवाए बढी दुध दिन्छ । फुर्सदमा घरमै बसेर आठ÷दश वटा झाडो बनाएर नजिकैंको स्थानिय किनार पसलमा बेच्दा पनि ५÷६ सय नुनतेल खर्च आउने गरेको छ ।’ यसै कारण अहिले करेशावारीको रुपमा भएपनि सवै उपभोक्ताले अम्रिसो खेती गर्न शुरु गरेको उनले बताए
अम्रिसो घासबाट झाडो बनाएर आम्दानी गर्न सकिन्छ भन्ने कुराको ज्ञान उपभोक्तालाई समुहले आफैं गरेर देखाएको जोशीले बताए । दश बर्ष अघि समुहका अध्यक्ष तथा हालका वडा अध्यक्ष मोहन बहादुर बस्नेतले चुरेबाट अम्रिसोको बिउ ल्याएर वनको खाली जग्गामा रोपेका थिए । ‘पुर्वतिरका केहि सामुदायिक वनले अम्रिसोबाट आम्दानी गरिरहेको अध्यक्षले समुहहरुको भ्रमणबाट देखेका थिए’ उनले भने,‘ मैले पनि परिक्षण गरेर हेर्न चाहेको थिए।’ त्यसैले चुरेका सामुदायिक वन भित्र भएको अम्रिसोलाई परिक्षणका लागि भनेर २ बिगाहा मात्रैं रोपण गरेको बताए ।
‘ वनको बोटबिरुवा नभएको सिमसार जस्तो खाली जग्गामा रोपेको अम्रिसो सर्लक्क हुर्कियो’ उनले भने,‘त्यैं बर्ष उत्पादित अम्रिसोबाट साठी हजार आम्दानी भयो ।’ त्यसपछि अहिले सामुदायिक उपभोक्ता समुहले अम्रिसो खेतीलाई निरन्तरता दिएको बताए । उपभोक्ता समुहका हालका अध्यक्ष इन्द्र बहादुर बुढाले अहिले ३० हेक्टरमा अम्रिसो खेती लगाएको जानकारी दिए ।


‘हात्ती र चोरीबाट अम्रिसो बचाउन सकिए, दश लाख आम्दानी गर्न सकिन्छ भन्ने हो’उनले भने,‘ शुक्लाफाटा हात्तीको बथान आएपछि अम्रिसो खाई दिने गर्दा कहिले ठुलो नोक्सान पनि ब्यहोर्नु पनि पर्छ ।’ उनले एउटा शुक्लाफाटाको बुढो हात्ती सामुदायिक वन भित्र रहेकोले त्यसबाट पनि अम्रिसो खेतीलाई बचाउन मुश्किल पर्ने गरेको बताए ।
अध्यक्ष बुढाले अम्रिसो खेतीले समुहलाई आम्दानी र उपभोक्तालाई ज्यालादारी रोजगारी एकातिर दिएको छ । अर्काेतिर उपभोक्ताले अम्रिसोलाई निजीरुपमा खेती गर्न लागेर स्वरोजगारी र बैकल्पिक आम्दानी स्रोत बनाएको बताए । अध्यक्ष बुढाले ३० हेक्टरमा लगाएको अम्रिसो झिक्दा ८० प्रतिशत उपभोक्ताले ज्यालादारी काम पाउने गरेको बताए । झिकी सकेको अम्रिसोको झाडो बनाउने बेलामा दैनिक चार÷ पाच सय भन्दा बढीले काम पाउने बताए ।
उनले झाडो बनाएको प्रतिओटा दश रुपैया दिने गरेको बताए । एक दिनमा एक उपभोक्ताको परिवारले दुई देखी तिन सय वटा झाडो समेत तयार पार्ने गरेको बताए । ‘झाडो बनाउदा लाग्ने अन्य समान पनि समुहलेनैं दिन्छ’उनले भने, ‘समुहमा काम गरेर हरेक उपभोक्ताले राम्रै कमाइ गर्ने गरेका छन ।’
उनका अनुसार अम्रिसो सामुदायिक वनको मुख्य आम्दानीको स्रोत हो । यसबाट भएको आम्दानीले संरक्षण र गरिवी निवारणमा समुहले खर्च गर्ने गरेको छ । समुहले यो बर्ष बार्षिक अम्रिसोबाट तयारी झाडो बिक्रीबाट खुदनाफा १० लाख जति गर्ने लक्ष्य लिएको छ । तर अगिल्ला बर्षमा भने कम क्षेत्रमा अम्रिसो खेतीको कारण २ देखी ६ लाख सम्म मात्रैं आम्दानी गर्न सकेको अध्यक्षले बताए । उक्त आम्दानीले वन हेरालु तलव , बृक्षारोपण, र अति बिपन्न केहि परिवारलाई सिपमुलुक तथा स्वरोजगारका तालिम र सामग्री किनेर दिएको बताए ।
अम्रिसोको खेतीलाई समुहले सामुदायिक वन क्षेत्रमा खुल्लाठाउमा अझ बिस्तार गर्ने र उपभोक्तालाई पनि निजी रुपमा लगाउन प्रणित गर्ने योजना रहेको अध्यक्ष बुढाले बताए । तर अहिलेलाई स्थानिय राजमार्गका बजार र मुख्य बजारको रुपमा धनगढी ÷ महेन्द्रनगर मात्रैं भएको बताए । समुहले ६०मा थोक बिक्री गर्ने गरेपनि धनगढी र महेन्द्रनगर लगायतका स्थानिय बजारमा अम्रिसो झाडोको मुल्य एक सय भन्दा बढीमा फुटकर बिक्री हुने गरेको छ ।
भविश्यमा बजारको अभाव देखिए पनि अहिले भने स्थानिय उत्पादन झाडोले भने माग बजमोजिम आपुर्ति गर्न सक्ने स्थितीमा छैन । धनगढीको गौरीफन्टा र कञचनपुरको बह्मदेउ लगायतका नाकाबाट बार्षिक एककरोड भन्दा बढीको झाडो मात्रै आयत हुने गरेको छ ।