दमौली,तनहुँ व्यास नगरपालिका–१२ मा भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। २३ वर्षीय सुमन भुजेलमाथि भएको आक्रमणपछि प्रहरीले स्थानीय देवबहादुर पाण्डे र रन्जन पाण्डेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पुस १६ गते राति भएको घटनामा घाइते भुजेलको अवस्था गम्भीर रहेको छ। घटनापछि प्रहरीले दुवै व...